‘प्रतिस्पर्धामा हामीले जित्यौं, ओलीले हारे’ :-माधव कुमार नेपाल • Nepal's Trusted Digital Newspaper‘प्रतिस्पर्धामा हामीले जित्यौं, ओलीले हारे’ :-माधव कुमार नेपाल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘प्रतिस्पर्धामा हामीले जित्यौं, ओलीले हारे’ :-माधव कुमार नेपाल

‘प्रतिस्पर्धामा हामीले जित्यौं, ओलीले हारे’ :-माधव कुमार नेपाल

  • समाचारपाटी
  • बुधबार, फाल्गुन २५, २०७८
‘प्रतिस्पर्धामा हामीले जित्यौं, ओलीले हारे’ :-माधव कुमार नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी ओलीसँगको लडाईं आफूहरुले जित्दै आएको पनि बताउँनुभएकाे छ । एमालेमै रहेर केपी ओलीविरुद्ध उम्मेदवार खडा गरेर बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यलाई जिताउन सफल भएको उहाँले बताउनुभयाे ।

बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित राम बहादुर थापाले दल तयार गरेपछि खाली भएको पदमा भएको निर्वाचनमा एमालेबाट स्वयं बादल र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाबीच प्रतिस्पर्धा भएको थियो ।

देवकोटालाई माधव नेपालको सिफारिसमा सत्ता गठबन्धनले साझा उम्मेदवारका रुपमा जिताएको थियो । ‘एमालेमै रहेर राष्ट्रिय सभा सदस्यको निर्वाचनमा केपी ओलीसँग प्रतिस्पर्धा हामीले नै गरेको र हामीले नै केपी ओलीलाई हराएको हो,’ नेपालले भन्नुभयाे ।

यस्तै, माधव नेपालले एमाले फुटाएर नयाँ पार्टी दर्ता गरेपछि भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पनि एमालेका उम्मेदवारहरु सत्ता गठबन्धनका उम्मेवारहरुसँग पराजित भएको सुनाउनुभयाे ।

यही प्रसंग जोड्दै नेपालले थप्नुभयाे, ‘केपी ओली र हाम्रो प्रतिस्पर्धामा हामीले जितेका छौं । जहाँ प्रतिस्पर्धा, त्यहाँ हामीले जित्यौं, केपी ओलीले हारे ।’

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका