''गठबन्धन तोड्नका लागि भयंकर षडयन्त्रहरु भइरहेका छन्'' :-माधव कुमार नेपाल • Nepal's Trusted Digital Newspaper''गठबन्धन तोड्नका लागि भयंकर षडयन्त्रहरु भइरहेका छन्'' :-माधव कुमार नेपाल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ”गठबन्धन तोड्नका लागि भयंकर षडयन्त्रहरु भइरहेका छन्” :-माधव कुमार नेपाल

”गठबन्धन तोड्नका लागि भयंकर षडयन्त्रहरु भइरहेका छन्” :-माधव कुमार नेपाल

  • समाचारपाटी
  • बुधबार, फाल्गुन २५, २०७८
”गठबन्धन तोड्नका लागि भयंकर षडयन्त्रहरु भइरहेका छन्” :-माधव कुमार नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धन भत्काउने षडयन्त्र भइरहेको बताउनुभएकाे छ ।

काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएकाे हाे । ‘गठबन्धनमा रहेका दलहरुको बीचमा विश्वास छ । तर, गठबन्धन तोड्नका लागि भयंकर षडयन्त्रहरु भइरहेका छन्’ एकीकृत समाजवादी अध्यक्ष नेपालले भन्नुभयाे ।

सत्तागठबन्धन तोड्ने प्रयास नेकपा एमालेले गरिरहेको उहाँको संकेत थियो । एमालेले अमेरिकी सहयोगसम्बन्धी सम्झौता संसदबाट अनुमोदन गर्ने बेलामै गठबन्धन तोड्न खोजेको तर, आफूहरु ब्याख्यात्मक घोषणामार्फत गठबन्धन बचाउन सफल भएको उहाँको भनाइ रहेकाे छ ।

‘एमसीसीका नाममा गठबन्धन तोड्ने प्रयास भएको थियो’ उहाँले थप्दै भन्नुभयाे, ‘सुरुमा संसदमा लैजाने केपी ओली नै हो । अहिले निःशर्त समर्थन गर्ने पनि ओली नै हो ।’

अध्यक्ष नेपालले एमसीसीमा ब्याख्यात्मक घोषणा भएकाले पार्टीले उठाउँदै आएको एजेण्डा सम्बोधन भएको रुपमा बुझ्न समेत नेता÷कार्यकर्तालाई आग्रह गर्नुभएकाे  छ । उहाँले भन्नुभयाे,  ‘‘एमसीसीका विषयमा पार्टीले निर्णय गरिसकेको छ । पार्टीको निर्णय सबैले मान्नुपर्छ’’ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका