गायक अर्जुनको स्वरमा प्रकाश सपुत अभिनित रहेकाे ''याद'' सार्वजनिक (भिडियो) • Nepal's Trusted Digital Newspaperगायक अर्जुनको स्वरमा प्रकाश सपुत अभिनित रहेकाे ''याद'' सार्वजनिक (भिडियो) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गायक अर्जुनको स्वरमा प्रकाश सपुत अभिनित रहेकाे ”याद” सार्वजनिक (भिडियो)

गायक अर्जुनको स्वरमा प्रकाश सपुत अभिनित रहेकाे ”याद” सार्वजनिक (भिडियो)

  • समाचारपाटी
  • बुधबार, फाल्गुन २५, २०७८
गायक अर्जुनको स्वरमा प्रकाश सपुत अभिनित रहेकाे ”याद” सार्वजनिक (भिडियो)

काठमाडौं । गायक अर्जुन बोसेलको बिल्कुलै नयाँ साँगीतिक सौगात ”याद” सार्वजनिक भएको छ। एक्लो र दुखी हुदाँको पिडालाई समेटेर तयार पारिएको यस गीतमा स्वयम गायक बोसेलको शब्द, संगीत रहेको छ।

कृष्ण बिक (भान्जा)ले यस गीतलाई संगीत संयोजन गर्नुभएकाे छ । म्युजिक भिडियोमा गायक प्रकाश सपुत र जुना सुन्दासकाे फिचर्ड रहेकाे छ ।

नवराज उप्रेतीले छायाँकन गरेको यस भिडियोलाई मनोज कार्कीले सम्पादन गर्नुभएकाे हाे। देवेन्द्र बब्लुको निर्देशनमा भिडियो तयार पारिएको हो।

गायक बोसेलको अफिसिएल युट्युव च्यानल ‘अर्जुन बोसेल’ मार्फत भिडियो सार्वजनिक भएको हो। विगत लामो समयदेखि नेपाली संगीतमा सक्रिय गायक बोसेललका यसअघि २२ वटा भन्दा बढी म्युजिक भिडियो सार्वजनिक भैसकेका छन्। केहि समयअघि सार्वजनिक उहाँको ”गोठालो”बोलको म्युजिक भिडियो दर्शक माझ लोकप्रिय रहेकाे छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका