गोरखाका विकास भट्टको शव बुधबार दरौंदी नदीमा फेला • Nepal's Trusted Digital Newspaperगोरखाका विकास भट्टको शव बुधबार दरौंदी नदीमा फेला • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गोरखाका विकास भट्टको शव बुधबार दरौंदी नदीमा फेला

गोरखाका विकास भट्टको शव बुधबार दरौंदी नदीमा फेला

  • समाचारपाटी
  • बुधबार, फाल्गुन २५, २०७८
गोरखाका विकास भट्टको शव बुधबार दरौंदी नदीमा फेला

गोरखा । गोरखा नगरपालिका १० छेवेटारको ठुटेबजारस्थित दरौंदी नदीमा बेपत्ता भएका एक युवकको शव फेला परेको छ । भीमसेन थापा गाउँपालिका १ का २२ वर्षीय विकास भट्टको शव बुधबार बिहान नदीमा फेला परेको प्रहरीले जनाएको छ ।

डोजरको सह अपरेटरको रुपमा काम गर्दै आएका भट्ट मंगलबार साँझदेखि बेपत्ता रहेकाे नदी किनारमा मृतकको लुगा, चप्पल, मोवाइल र पैसासमेत भेटिएको प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिनुभयाे । पौडी खेल्नका लागि कपडा र पैसा किनारमा राखेर नदीमा हाम फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।

स्थानीय कुलप्रसाद भट्टका अनुसार मृतक विकास केही दिनअघि मात्र डोजरमा हेल्परको रुपमा काम गर्न आएका थिए । ‘हिजो अपरेटरले डोजर चलाइरहेका बेला उनीचाहिं मोवाइल चलाउँदै नदी किनारमा हिँडिरहेका रहेछन्’ स्थानीय कुलप्रसादका अनुसार, ‘राति एक्कासी मान्छे बेपत्ता भयो भनेर खबर आयो अनि हामी पुगेर खोज्दा पनि भेटाउन सकिएन ।’

स्थानीय र प्रहरीको सहयोगमा खोजी गर्दा पनि शव नभेटिएपछि कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनबाट गोताखोरको टोली मगाइएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका