स्याङ्गजा फेदीखोला गाउँपालिका द्वारा आयोजित ''खेलकुद सप्ताह २०७८'' सुरू • Nepal's Trusted Digital Newspaperस्याङ्गजा फेदीखोला गाउँपालिका द्वारा आयोजित ''खेलकुद सप्ताह २०७८'' सुरू • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • स्याङ्गजा फेदीखोला गाउँपालिका द्वारा आयोजित ”खेलकुद सप्ताह २०७८” सुरू

स्याङ्गजा फेदीखोला गाउँपालिका द्वारा आयोजित ”खेलकुद सप्ताह २०७८” सुरू

  • समाचारपाटी
  • बुधबार, फाल्गुन २५, २०७८
स्याङ्गजा फेदीखोला गाउँपालिका द्वारा आयोजित ”खेलकुद सप्ताह २०७८” सुरू
photo source:-phedikhola gaunpalika syangja

स्याङ्गजा । स्याङ्गजा फेदीखोला गाउँपालिका द्वारा आयोजित गाउँपालिका स्तरिय खेलकुद सप्ताह २०७८ काे ११२ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसर पारी बाजाँगाँजा, र्याली, झाँकी लगायतका सांस्कृतिक कार्यक्रमसँगै खेलकुद सप्ताहकाे उद्घाटन भएकाे छ ।

baja

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ फेदीखोला गाउँपालिकाले खेलकुद सप्ताह कार्यक्रम राखेकाे छ ।
हिमशिखर क्लब फेदीखोलासगँको सहकार्यमा गाउँपालिकाले फागुन २४ देखी ३० गते सम्म संचालन हुनेगरी खेलकुद सप्ताहको आयोजना गरेको हो ।

यो एक साता भर राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता, अध्यक्ष कफ फुटबल,  शिक्षक भलिबल प्रतियाेगिता, ब्याटमिन्टन महिला पुरूष खुल्ला, ३ सय मिटर दाैड महिला पुरूष  दुवै खुल्ला,  एक हजार मिटर दाैड महिला पुरूष दुवै खुल्ला, छेलाे पुरूषतर्फ खुल्ला, राष्ट्रपति रनिङ शिल्ड तर्फकाे २ सय मिटर दाैड अन्तर विद्यालय लगायतका खेलकुद प्रतियोगिता संचालन हुनेभएकाे छ ।

khelkud3

११२ औँ अन्तराष्ट्रिय महिला दिवस दिन मङ्गलबार बिहान ११ बजे गाउँपालिका घुम्ती देखी बाजाँगाँजा, र्याली, झाँकी लगायत बिभिन्न जातजातीले आफ्नो परम्परा अनुसारको सांस्कृतिक नृत्य, विभिन्न विद्यालयबाट आ-आफ्नो विद्यालयकाे ब्यानर सहित फेदीखोला रंगशाला (कार्यक्रम स्थल) सम्म पुगेर कार्यक्रमको औपचारिक  उद्घाटन  कार्यक्रम सुरु भएको थियो ।

khel 4 khel5

उद्घाटनमा  फेदीखोला गाउँपालिका भित्रका श्री जनप्रिय माध्यामिक विद्यालय फेदीखाेला -३ भाटखाेला,  श्री काला भैरव मा. वि. फेदीखाेला -२ खड्केटारी,   श्री दामगाडे माध्यामिक  विद्यालय, फेदीखाेला -१ ,  श्री महेन्द्र जनसहयाेग आधारभूत विद्यालय फेदीखाेला -२ स्थानचाैर ,  श्री सिद्धार्थ माध्यमिक  विद्यालय फेदीखाेला -२,  श्री शिवालय आधारभूत विद्यालय फेदीखाेला -१ मणिथुम्का, श्री चण्डी डाँडा माध्यामिक विद्यालय फेदीखाेला १ मट्टीखान, श्री खहरे आधारभूत विद्यालय फेदीखाेला -२, श्री जनआदर्श माध्यामिक विद्यालय फेदीखाेला -४ आरूखर्क, श्री मैदान मा. वि.  फेदीखाेला -५ बाँगेफड्के, लिटिल फ्लावर अंग्रेजी  बाेडिङ विद्यालय,  हिम शिखर कल्ब फेदीखाेला  लगायत विद्यालयहरूकाे आफ्नाे आफ्नाे स्कुल पाेसाक र विद्यालयकाे  व्यानर सहित उपस्थिति थियाे ।

janapiriya2 kala bhairab khare siwalay

daamgade

little flower

madi thumka

siddhartha

chndidada school

“ जिल्ला समन्वय समिति स्याङ्गजाकी प्रमुख सिता सुन्दासको प्रमुख आतिथ्यतामा खेलकुद सप्ताह उद्घाटन कार्यक्रम सम्पन्न भएको थियाे।  कार्यक्रमको उद्घाटन खेल महिला भलिवल प्रतियोगिताको प्रमुख अतिथि द्वारा उद्घाटन भएको थियाे ।

sundas

devi thapa

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देवी थापा,  प्रमुख प्रशासकीय अधिकृत,  पालिका अन्तर्गत सम्पूर्ण वडाका वडा अध्यक्ष साथै निर्वाचित सम्पूर्ण प्रतिनिधि, पालिका भित्रका सम्पूर्ण विद्यालयका प्र.अ. साथै शिक्षक प्रतिनिधि, पालिका स्थित विभिन्न शाखाका शाखा प्रमुख, विभिन्न क्लबका खेलाडी साथै अन्य प्रतिनिधि, विभिन्न राजनैतिक पार्टीका पार्टी प्रतिनिधि, प्रहरी प्रशासन लगायतकाे उपस्थिति रहेकाे थियाे ।

khelkud

khel6

कार्यक्रममा आफ्नो पहिचान झल्काउने पहिरन सहित विभिन्न जातजातीको आ-आफ्नो समूह, संस्था, संगठनको प्रतिनिधि, फेदीखोला-२, सिद्धार्थ मा.वि. का स्काउट समुह, स्थानियबासी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

skaut2

newa2 ghansyam

फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुबेदीको अध्यक्षतामा सम्पन्न  भएकाे कार्यक्रमको संचालन फेदीखोला गाउँपालिका खेलकुद कार्यसम्पादन समितिका सदस्य राजन पराजुलीले गर्नुभएको थियो ।

reli

volibol girl

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका