''सृष्टिको रचना मध्य नारी एक उत्तम र सुन्दर सृष्टि हाे'' • Nepal's Trusted Digital Newspaper''सृष्टिको रचना मध्य नारी एक उत्तम र सुन्दर सृष्टि हाे'' • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ”सृष्टिको रचना मध्य नारी एक उत्तम र सुन्दर सृष्टि हाे”

”सृष्टिको रचना मध्य नारी एक उत्तम र सुन्दर सृष्टि हाे”

  • समाचारपाटी
  • मङ्लबार, फाल्गुन २४, २०७८
”सृष्टिको रचना मध्य नारी एक उत्तम र सुन्दर सृष्टि हाे”

शितला शर्मा 

आठ मार्च अन्तर्राष्ट्रिय महिला दिवस (8 march 2022) आज ८ मार्च अन्तर्राष्ट्रिय महिला दिवस भव्यताकासाथ मनाई रहेका छन् ।
सृष्टिको रचना मध्य नारी एक उत्तम र सुन्दर सृष्टि हो । नारी बिना सृष्टिको कल्पना समेत गर्न सकिन्न नारी अधिकार र सम्मान बाटोमा होइन । आफ्नै घर परिवारमा खोज्नु पर्छ । नारीलाई आफनै घर परिवार बाट अधिकार र सम्मान दिन सिक्नुपर्छ । अनि मात्र अरुबाट पाईन्छ । सहनशीलता र प्रेमका खानी नारीहरु जस्को अनुपस्थितिमा घर,परिवार,समाज र देश नै खल्लो लाग्दछ तर पनि मेरो समाजले २१ औं शताब्दीमा आईपुग्दा पनि छोरीको महत्व बुझ्न नसक्दा अचम्म लाग्छ । छोरी भन्ने थांहा पाउनासाथ गर्वबाटै फालिदिन पछि नपर्ने मेरो समाज के थाहा छोरीको महत्व कति छ ? भनेर !

’छोराहरु परमप्रभुले दिनुभएको उत्तराधिकार हुन, छोरीहरु उहाँका इनाम हुन्’’

सुरुका दिनमा महिलाहरुलाई दासीको रुपमा प्रयोग गरिएको थियो । घर भित्रै बस्ने, घरको काम मात्र गर्न लगाउने, बालबालिका जन्माउने हुर्काउने मात्र एउटा मेशिनको रुपमा लिइएको थियो । पढाई लेखाई गर्न नदिने , घरबाट बाहिर निस्किन नदिने ,श्रीमान् संगै सती जानु पर्ने जस्ता धेरै कुरितिहरु थिए । महिलाहरुको निरन्तर संघर्ष र मेहनतको प्रतिफल आज कतिपय कुरीतीहरु हटिसकेका छन् र कतिपय हट्ने क्रममा छन् ।

आजकल महिलाहरुलाई अवसरहरु प्राप्त हुँदै छन् र पनि पुरुष सरह समान अधिकार दिएको पाइदैन । त्यसैले अझै पनि महिलाहरु निरन्तर अधिकार र आत्मा सम्मानको लागी  लड्नु आवश्यक छ । आत्मा सम्मानको लागी लडिरहनु पनि भएको छ । जस्मा केही पुरुषहरुले पनि महिलालाई अधिकार दिलाउन हातेमालो गरी सहयोग गर्दै आउनु भएको छ । कतिपय परिवारमा अझै पनि छोरीहरुलाई छोरा सरह समान व्यबहार गरेको पाइन्न छोरालाई (boarding school) बाेडिङ स्कुल र छोरीलाई सरकारी स्कुल भर्ना गर्ने चलन छ । कतिपयले छोरीलाई घरको काम लगाउने छोरालाई स्कुल पठाउने चलन छ । अझै पनि पढेलेखेका परिवारमा छोरीलाई उच्च शिक्षा दिनु हुदैन । साधारण शिक्षा दिए पुग्छ भन्ने धारणा छ। यस्ता गलत विचार र धारणाहरु परिवारको हरेक सदस्यले भित्रि हृदयबाटै हटाउनु आवश्यक छ ।

कतिपय परिवारमा छोरीहरुलाई बल्लबल्ल स्कुल पठाएर शिक्षा हासिल गरेता पनि शिक्षा हासिल पश्चात घरबाट बाहिर निस्कन, ब्यापार गर्न , जागीर गर्न , आफ्नो खुट्टामा आफै उभिन नदिने चलन ज्वलन्त रुपमा देख्न पाईएको छ । यो कहिले सम्म ? छोरीलाई राम्रो खालको बिषयमा पैसा खर्च गरेर उच्च शिक्षा दिन हुन्न भन्ने भावना भएका बाबुहरू पनि प्रशस्तै पाइन्छन् । परिवर्तन कहिले ? छोरालाई जतिसुकै खर्च गर्न पछि नपर्ने र छोरीलाई खर्च गर्न डराउने अभिभावक कहिले सम्म ? बरु छोरीलाई दाइजो दिन पछि नपर्ने  यस्तो भावना भएको समाजलाई परिवर्तन गर्न अति नै जरुरी र आवश्यक छ । त्यसैले यस्ता गलत विचार र भावनालाई चिर्दै र हटाउँदै हामी महिला दिदीबहिनीहरु अगाडी बढ्नु आवश्यक छ । परिवारबाट नै छोराछोरीलाई बराबर व्यबहार सम्मान गर्न गराउन सिक्नु सिकाउनु आबश्यक छ । छोरीहरुलाई आरक्षणको कोटा होइन अवसर दिए पुग्छ । अंश होइन शिक्षा दिए पुग्छ , ताकी भविश्यमा आफ्नो कमाई खाने र आफनै खुट्टामा उभिने छोरीहरु बनाऊ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका