मह जोडीद्धारा बासुदेबको गीतिसँग्रह ‘घाम आउँछ छायाँ दिन्छ’ बिमोचन • Nepal's Trusted Digital Newspaperमह जोडीद्धारा बासुदेबको गीतिसँग्रह ‘घाम आउँछ छायाँ दिन्छ’ बिमोचन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मह जोडीद्धारा बासुदेबको गीतिसँग्रह ‘घाम आउँछ छायाँ दिन्छ’ बिमोचन

मह जोडीद्धारा बासुदेबको गीतिसँग्रह ‘घाम आउँछ छायाँ दिन्छ’ बिमोचन

  • समाचारपाटी
  • सोमवार, फाल्गुन २३, २०७८
मह जोडीद्धारा बासुदेबको गीतिसँग्रह ‘घाम आउँछ छायाँ दिन्छ’ बिमोचन

काठमाडौं । आग्रह गायक तथा हास्य अभिनेता मदनकृष्ण श्रेष्ठको सँगतले आफु गायक भएको अर्का हास्य अभिनेता हरिबँश आचार्यले बताउनुभएकाे छ ।

अग्रह हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिबँश आचार्यले आईतबार राजधानीमा एक समारोहबीच गीतकार बासुदेब अधिकारीको नयाँ गीतिसँग्रह ‘घाम आउँछ छायाँ दिन्छ’को बिमोचन गर्नुभएकाे छ । सोही कार्यक्रममा हरिबँशले आफु गायक बन्नमा मदनकृष्णकै हात रहेको जिकिर गर्नुभएकाे हाे ।

geetisangraha

आचार्यले समय अनुसार गीत परिवर्तन भएको बताउनुभयाे । नयाँ पुस्तामा एक थरीका गीतहरु राम्रा आएको र अर्का थरीका गीतकारहरुले गीतको नाममा जे पनि लेख्ने गरेको बताउनुभयाे । दुई दशक अघि आफु राष्ट्रबैंकबाट निस्कासित भएपछि बासुदेब राष्ट्रबैंकमा जागिरे
भएको स्मरण हरिबँशले गर्नुभयाे । बासुदेवका गीतहरु गम्भिर रहन शैलीका रहेको उहाँले बताउनुभयाे ।

नौ वटा गीत रहेको यो सँग्रहका सबै गीतहरु शब्द र गायनका हिसावले राम्रो रहेको अग्रज कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठले बताउनुभयाे,‘ आजकाल गीतको नाममा जे पनि गाउने क्रम बढेको छ । तर बासुदेबजीले लेख्नु भएका गीतहरु निकै राम्रा रहेछन् ।’
सँग्रहमा रहेको नौ मध्यको एक गीत ”सास रैछ सास’ को भिडियो सो कार्यक्रममा सार्वजनिक गरिएकाे हाे । साँस्कृतिक संस्थानका पूर्व
महाप्रबन्धक राजेश थापाले निर्देशन गरेको सो भिडियोमा उत्तम केसी, भिमा मैनालीसहित विभिन्न कलाकारको अभिनय थियो । मधुकर लोहनीले सँगीत गरेको यो गीतलाई सँजय तुम्रुकले गाउनुभएकाे हाे ।

सँग्रहमा ‘माटो पार्खिँदैछ, ‘रोल्वालिङ खोली’, सुन साथी, ‘बुद्ध बन’, ‘साउने झरी’, खरी झर्यो’, समय छ, घाम छायाँ बोलका गीतहरु छन् । यी गीतहरुमा मधुकर लोहनी, विकाश चौधरी, रुपक चौधरी, नारायण लामा, बलराम समालको सँगीत छ । यी गीतहरुमा मधुकर सहित राजेश पायल राई, रुपक चौधरी, आकाश थापा, दुर्गा परियार, दीपेन्द्र बिक्रम थापा र बलराम समालले स्वर दिनुभएकाे छ ।

आफुले बिगतमा विभिन्न कवितासँग्रहहरु ल्याए पनि गीति सँग्रह ‘घाम आउँछ छायाँ दिन’ यतीबेला बजारमा ल्याएको गीतकार बासुदेबले कार्यक्रममा बताउनुभयाे । उहाँको गीतहरु माथि गीतकार डा. कृष्णहरि बराल, सँगीतकार शिलाबहादुर मोक्तान, साँस्कृतिक
संस्थानका महाप्रबन्धक अशोक प्यासी राई लगायतले समीक्षा गर्नुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका