अभिनेत्री रेखा थापा सहित १४ जना राप्रपा केन्द्रीय सदस्यमा मनोनीत • Nepal's Trusted Digital Newspaperअभिनेत्री रेखा थापा सहित १४ जना राप्रपा केन्द्रीय सदस्यमा मनोनीत • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • अभिनेत्री रेखा थापा सहित १४ जना राप्रपा केन्द्रीय सदस्यमा मनोनीत

अभिनेत्री रेखा थापा सहित १४ जना राप्रपा केन्द्रीय सदस्यमा मनोनीत

  • समाचारपाटी
  • बुधबार, फाल्गुन १८, २०७८
अभिनेत्री रेखा थापा सहित १४ जना राप्रपा केन्द्रीय सदस्यमा मनोनीत

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्‍द्र लिङ्देनले १४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएकाे छ । अध्यक्ष लिङ्देनले पार्टीको विधानअनुसार १४ जनालाई केन्द्रीय कार्य समितिको सदस्यमा मनोनीत गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयाे।

गत मंसिरमा भएको राप्रपा महाधिवेशनमा महामन्त्रीमा पराजित हुनुभएकी रेखा थापा पनि केन्द्रीय सदस्य मनोनित भएकाे छ। यस्तै, इलामकी लिलादेवी श्रेष्ठ , नवलपुरकी विन्दु पौडेल , काठमाडौंकी रेखा थापा, धनुषाकी प्रेक्षा मल्ल, सर्लाहीकी मीना झा, सुर्खेतकी सन्तोषी शाही ठकुरी, रुपन्देहीकी स्वाती थापा केन्द्रीय सदस्यमा मनोनित भएका छन्।

कपिलवस्तुकी पुष्पा रजौरिया, काठमाडौंकी लक्ष्मी तण्डुकार ,उदयपुरकी समृद्धि राणा, चितवन मीना न्यौपाने , धादिङ शान्ति माया गुरुङ, सप्तरीकी जयाकुमारी महतो र काठमाडौं सावित्रा थापालाई पार्टीले केन्द्रीय सदस्यमा मनोनित राप्रपाले जनाएको छ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका