काठमाडौं । पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस संक्रमणबाट १ जनाकाे मृत्यु भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४८६ पीसीआर परीक्षणमा ९४ जना र ३ हजार २२४ एन्टिजेन परीक्षणमा १७ जना गरी १११ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । त्यस्तै ४१५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८ हजार ५१७ रहेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ७१० कोरोनाकाे नमुना परिक्षण गरिएकाे हाे ।