नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी राष्ट्रहितविपरीत रहेकाले अनुमोदन गर्न नहुने बताउनुभएकाे छ ।
प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उहाँले नेपालको हितमा नरहेको एमसीसी सम्झौता अनुमोदन गर्न नहुने जिकिर गर्नुभयाे ।
सित्तैमा पाएको विष खान नसकिने उहाँको भनाइ छ । ‘ प्रधानमन्त्री शेरबहादुर देउवाले सित्तैमा पाएको रकम किन नलिने भन्नुभयो,’ सुवालले भन्नुभयाे, ‘सित्तैैमा पाएको विष खान सकिन्छ र ? खाएमा मृत्यु हुन्छ ।’
आफ्नो सम्बोधनभर उहाँले एमसीसी सम्झौताको विपक्षमा बोल्नुभयाे ।