पल शाहविरुद्ध गैंडाकोटमा पनि उजुरी • Nepal's Trusted Digital Newspaperपल शाहविरुद्ध गैंडाकोटमा पनि उजुरी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पल शाहविरुद्ध गैंडाकोटमा पनि उजुरी

पल शाहविरुद्ध गैंडाकोटमा पनि उजुरी

  • समाचारपाटी
  • आइतवार, फाल्गुन १५, २०७८
पल शाहविरुद्ध गैंडाकोटमा पनि उजुरी

बलात्कार आरोपी अभिनेता पल शाहविरुद्ध इलाका प्रहरी कार्यालय नवलपुरकाे गैंडाकोटमा अर्को उजुरी दर्ता भएको छ ।

चार दिनअघि उनीविरुद्ध तनहुँमा बलात्कार आरोपमा नाबालिग एक गायिकाले उजुरी दिएकी थिए । उनकै उजुरीका आधारमा प्रहरीले शाहलाई पक्रन सर्कुलर जारी गरेको थियो । प्रहरीको सर्कुलरसँगै फरार रहेका अभिनेता शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार आत्मसमर्पण गरेका थिए । अहिले उनी प्रहरी हिरासतमै छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप गिरीले गैँडाकोटमा उजुरी परेसँगै अब आरोपित शाहलाई तनहुँबाट झिकाएर अनुसन्धान गर्ने बताए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका