एमसीसीसँग सम्बन्धित सबै दस्तावेज संसदमा पेस गर्नुपर्छ :-झलनाथ खनाल • Nepal's Trusted Digital Newspaperएमसीसीसँग सम्बन्धित सबै दस्तावेज संसदमा पेस गर्नुपर्छ :-झलनाथ खनाल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • एमसीसीसँग सम्बन्धित सबै दस्तावेज संसदमा पेस गर्नुपर्छ :-झलनाथ खनाल

एमसीसीसँग सम्बन्धित सबै दस्तावेज संसदमा पेस गर्नुपर्छ :-झलनाथ खनाल

  • समाचारपाटी
  • आइतवार, फाल्गुन १५, २०७८
एमसीसीसँग सम्बन्धित सबै दस्तावेज संसदमा पेस गर्नुपर्छ :-झलनाथ खनाल

एकीकृत समाजवादीका सांसद तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसी सम्झौतासँग सम्बन्धित सबै दस्तावेज संसदमा पेस गर्नुपर्ने बताउनुभएकाे छ ।

प्रतिनिधिसभाको जारी बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै एमसीसी र एमसीए नेपालसँग भएका सबै सम्झौता अध्ययनका लागि संसदमा पेस गर्नुपर्ने बताउनुभएकाे हाे ।

एमसीसी सम्झौता सर्तैसर्तको सम्झौता भन्दै उहाँले राष्ट्रलाई घात गर्ने अनुदान सम्झौताको एक पैसा पनि लिन नहुने बताउनुभयाे । उहाँले नेपालमा धेरै स्राेत रहेकाे भन्दै आफैंले यस्ता आयाेजना पूरा गर्नुपर्ने बताउनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका