रुसले युक्रेनको एक तेल भण्डारमा आक्रमण गर्यो • Nepal's Trusted Digital Newspaperरुसले युक्रेनको एक तेल भण्डारमा आक्रमण गर्यो • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • रुसले युक्रेनको एक तेल भण्डारमा आक्रमण गर्यो

रुसले युक्रेनको एक तेल भण्डारमा आक्रमण गर्यो

  • समाचारपाटी
  • आइतवार, फाल्गुन १५, २०७८
रुसले युक्रेनको एक तेल भण्डारमा आक्रमण गर्यो

रुसले युक्रेनको एक तेल भण्डारमा आक्रमण गरेको छ । सो आक्रमणपछि राजधानी किभमा विषालु धुवाँको जोखिम बढेकाले किभका बासिन्दालाई झ्याल नखोल्न आग्रह गरिएको बिबिसीले जनाएको छ ।

युक्रेनको राजधानीका बासिन्दाहरूले भूमिगत आश्रय लिएर्रे रात कटाइरहँदा किभ नजिकै शक्तिशाली विस्फोटनको आवाजहरू सुनिएका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार एउटा विस्फोटन भासीलकीभको एउटा तेल टर्मिनलमा गरिएको थियो, जुन किएभबाट ३० किलोमिटर दक्षिण पश्चिममा अवस्थित छ ।

रुसी क्षेप्यास्त्रले भासीलकीभको एउटा तेल डिपोमा आक्रमण गरेको त्यहाँका मेयरले बताउनुभएकाे छ। त्यसबाट विषाक्त धुवाँ निस्कने चिन्ता व्यक्त भएको छ । उहाँले त्यहाँ आगलागी भइरहेको बताउनुभएकाे छ । भिडिओ फुटेजहरूमा आकाशमा आगो दन्किरहेको देखिएको छ।

एक जना युक्रेनी संवाददाताका अनुसार स्थानीय मानिसहरूलाई खतरनाक रासायनिक धुवाँबाट जोगिन झ्यालहरू लगाउन भनिएको बिबिसीले जनाएको छ ।

शनिबार उक्त सहरमा अघि बढिरहेका रुसी फौजको गोलाबारी र रकेट आक्रमणको युक्रेनले प्रतिरोध गरेको थियो । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशले हार नमान्ने बताउनुभएकाे छ । हालसम्म युक्रेनतर्फ २०० जनाले ज्यान गुमाएको सरकारी आँकडा छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका