व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णयमा माओवादी नेता पोखरेलको असहमति • Nepal's Trusted Digital Newspaperव्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णयमा माओवादी नेता पोखरेलको असहमति • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णयमा माओवादी नेता पोखरेलको असहमति

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णयमा माओवादी नेता पोखरेलको असहमति

  • समाचारपाटी
  • आइतवार, फाल्गुन १५, २०७८
व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णयमा माओवादी नेता पोखरेलको असहमति

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेलले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्ने पार्टीको निर्णयमा असहमति जनाएका छन् ।

पार्टीको निर्णयपछि  नेता लीलामणि पोखरेलले भन्नुभयाे  एमसीसीमा टिप्पणीसहितको सम्झौताको अर्थ नहुने बताउनुभयाे । एमसीसीमा टिप्पणीसहितको सम्झौता गर्ने भनिए पनि त्यो सिधै सम्झौता ठहर्ने नेता पोखरेलको भनाई छ ।

सम्झौता संशोधन वा परिमार्जनमध्ये आफुहरुको माग पुरा नहुने र सम्झौता संशोधनको अर्थ पनि नरहने उहाँले तर्क गर्नुभयाे । व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णयमा अन्य केहि नेताहरु पनि असन्तुष्ट रहेको तर आफुले नाम भन्न नचाहेको पोखरेलले  बताउनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका