व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णय • Nepal's Trusted Digital Newspaperव्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णय • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णय

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णय

  • समाचारपाटी
  • आइतवार, फाल्गुन १५, २०७८
व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडाैँ

नेकपा माओवादी केन्द्रले एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ । प्रचण्ड निवास खुमलटारमा आइतबार बिहान बसेको माओवादी केन्द्रको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) व्याख्यात्मक टिप्पणसहित अनुमोदन गर्ने निर्णय गरेको हो ।

माओवादीले एमसीसी अनुमोदन गर्ने निर्णय गरेलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

आइतबार दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल सुरु हुँदै छ । यसअघि विपक्षमा उभिँदै आएको माओवादी केन्द्र पनि अन्ततः पक्षमा मतदान गर्ने निर्णयमा पुगेको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका