नेकपा माओवादी केन्द्रले व्याख्यात्मक घोषणासहित एमसीसीअनुमोदन गर्ने निर्णय • Nepal's Trusted Digital Newspaperनेकपा माओवादी केन्द्रले व्याख्यात्मक घोषणासहित एमसीसीअनुमोदन गर्ने निर्णय • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेकपा माओवादी केन्द्रले व्याख्यात्मक घोषणासहित एमसीसीअनुमोदन गर्ने निर्णय

नेकपा माओवादी केन्द्रले व्याख्यात्मक घोषणासहित एमसीसीअनुमोदन गर्ने निर्णय

नेकपा माओवादी केन्द्र

  • समाचारपाटी
  • आइतवार, फाल्गुन १५, २०७८
नेकपा माओवादी केन्द्रले व्याख्यात्मक घोषणासहित एमसीसीअनुमोदन गर्ने निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले विवादित बुँदामा व्याख्यात्मक घोषणासहित अमेरिकी सहायता परियोजना एमसीसी  अनुमोदन गर्ने निर्णय गरेको छ।

पार्टीभित्र एमसीसी पास गर्ने नगर्नेबारे चर्को विवाद भएपनि विवादित बुँदामा व्याख्यात्मक घोषणासहित अनुमोदन गर्न माओवादी नेताहरु सहमत भएका हुन्।

एकीकृत माओवादी केन्द्रका नेता शक्ति बस्नेतले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने  निर्णय भएको  बताउनुभयाे।

आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको कार्यालयको विस्तारित बैठकले एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो। गठबन्धन जोगाउन माओवादी केन्द्रले यस्तो निर्णय गरेको हो।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका