अभिनेता पल शाह प्रहरीसामु उपस्थित हुने • Nepal's Trusted Digital Newspaperअभिनेता पल शाह प्रहरीसामु उपस्थित हुने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • अभिनेता पल शाह प्रहरीसामु उपस्थित हुने

अभिनेता पल शाह प्रहरीसामु उपस्थित हुने

  • समाचारपाटी
  • आइतवार, फाल्गुन १५, २०७८
अभिनेता पल शाह प्रहरीसामु उपस्थित हुने

काठमाडौँ । अभिनेता पल शाहले आफू प्रहरीसामु उपस्थित हुने कुरा बताएका छन् । लामो समयबाट गायिका समिक्षा अधिकारीले जबरजस्ती करणीको मुद्धा जाहेरी दिएपछि अभिनेता शाह फरार रहेका थिए । तनुहँ प्रहरी वृतले भने उनलाई पक्राऊ गर्न पक्राऊ पुर्जी जारी गरेको थियो । तर अभिनेता भने फरार रहेका थिए ।
उनले आफ्नो फेसबुक पेजमार्फत् जानकारी दिँदै भनेका छन्,

नमस्कार सबैमा ,
मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म “म यस्तो गित गाउछु २“ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरी सामु म आफैँ उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु । धन्यवाद

This image has an empty alt attribute; its file name is image-1.png

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका