युक्रेनमाथि रुसी हमलाः कसको समर्थनमा छन् बेलायती राजकुमार विलियम ? • Nepal's Trusted Digital Newspaperयुक्रेनमाथि रुसी हमलाः कसको समर्थनमा छन् बेलायती राजकुमार विलियम ? • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • युक्रेनमाथि रुसी हमलाः कसको समर्थनमा छन् बेलायती राजकुमार विलियम ?

युक्रेनमाथि रुसी हमलाः कसको समर्थनमा छन् बेलायती राजकुमार विलियम ?

  • समाचारपाटी
  • आइतवार, फाल्गुन १५, २०७८
युक्रेनमाथि रुसी हमलाः कसको समर्थनमा छन् बेलायती राजकुमार विलियम ?

युक्रेनविरुद्ध रुसी हमलामा बेलायती राजकुमार विलियम र उनकी पत्नी डचेस अफ केम्ब्रिज केटले युक्रेनको समर्थन गरेका छन् । एउटा ट्विट राजकुमार विलियम र डचेस अफ केम्ब्रिज केटले आफूहरु हालै भएको युक्रेन भ्रमणको समेत स्मरण गरेका छन् ।

‘भविष्यका लागि उनीहरु लडाइँ गरिरहेका बेला हामी राष्ट्रपति र युक्रेनी जनताको पक्षमा उभिएका छौ,’ उनले ट्विट गरेका छन् । सन् २०२० को अक्टोबरमा आफूहरुले राष्ट्रपति भोलोदिमिर जलेन्स्की र प्रथम महिलासँग भएको रमाइलो भेटघाटसमेत उनले स्मरण गरेका छन् ।

उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सदस्य राष्ट्र बेलायत युक्रेनमा हाल भइरहेको रुसी हमलाको विरोधी गरिरहेका पश्चिमा साझेधार राष्ट्रहहरुमा महत्वपूर्ण सदस्य हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका