कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलन काठमाडौंमाआजदेखि सुरु • Nepal's Trusted Digital Newspaperकानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलन काठमाडौंमाआजदेखि सुरु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलन काठमाडौंमाआजदेखि सुरु

कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलन काठमाडौंमाआजदेखि सुरु

  • समाचारपाटी
  • आइतवार, फाल्गुन १५, २०७८
कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलन काठमाडौंमाआजदेखि सुरु

काठमाडौं । कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । ‘कानुनी शासन र संवैधानिक सर्वोच्चता, व्यवसायिक र मर्यादित बार हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ १५ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन शुरु हुन लागेको हो ।

आज दिउँसो प्रज्ञा भवन कमलादीमा शुरु हुने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने कार्यक्रम रहेकाे छ । मंगलबारसम्म चल्ने सम्मेलनले काठमाडौं घोषणापत्र जारी गर्नेछ ।

यसअघि पोखरामा तय भएको राष्ट्रिय सम्मेलन प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विरुद्धको आन्दोलनका कारण स्थगित भएर काठमाडौंमा तय भएको थियो ।

प्रधानन्यायाधीश जबरामाथि महाअभियोग नलागेको भए यो सम्मेलनलाई विरोध कार्यक्रमको रुपमा अघि सार्ने नेपाल बार एसोसिएसनको तयारी थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका