प्रल्हाद चन्द्र घिमिरे, पोखरा, १४ फागुन । नेकपा एमालेका नेता तथा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रबिन्द्र प्रसाद अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ।
अधिकारीको नाममा स्थापना भएको रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठानले सो पुरस्कार स्थापना गर्न लागेको हो । स्व. अधिकारीको तेस्रो स्मृति दिवसका सन्दर्भमा शनिबार पोखरामा आयोजित रबिन्द्र अधिकारी र मिडिया बिषयक अन्तरक्रिया कार्यक्रममा सो कुराको जानकारी दिइएको हो।
उक्त प्रतिष्ठानका अध्यक्ष समेत रहेनुभएकी एमाले केन्द्रिय सदस्य, प्रतिनिधि सभा सदस्य एवं स्वर्गीय अधिकारीकी धर्मपत्नी बिद्या भट्टराई अधिकारीले उहाँले विभिन्न क्षेत्रमा पुर्याउनु भएको योगदानलाई आम जनता सम्म पुर्याउन महत्वपूर्ण योगदान पुर्याउने, बिकासका र पर्यटन क्षेत्रमा कलम चलाउने संचारकर्मीलाई सम्मान स्वरुप उक्त पुरस्कारबाट पुरस्कृत गरिने जानकारी दिनुभएकाे छ।
उहाँले पुरस्कार यसबर्षबाट रु २५ लाखको अक्षय कोष स्थापना गरि शुरूवात गरिने बताउदै अधिकारीको जन्म दिन बैशाख २२ को अवसर पारेर उक्त पुरस्कार प्रदान गरिने बताउनुभयाे । प्रतिष्ठानका महासचिब धनराज आचार्यले तेस्रो स्मृति दिवस यस बर्ष विभिन्न कार्यक्रमको आयोजना गरि त्रिदिबसिय रुपमा मनाउन लागिएको बताउनुभयाे । जसअनुसार फागुन १४ गते दिउँसो ४ बजे रबिन्द्र अधिकारी र मिडिया बिषयमा अन्तरक्रीया कार्यक्रम ,फागुन १५ गते बिहान ८ बजे सहिद स्मृति पार्कमा स्वर्गीय अधिकारिको शालिकमा माल्यार्पण सहित श्रद्धाञ्जली कार्यक्रम र सोही दिन पोखरा उद्योग बाणिज्य संघको हलमा बिहान एघार बजे रबिन्द्र स्मृती दिवस समारोह , फागुन १६ गते बिहान ११ बजे पृथ्वीनारायण क्याम्पसमा बिध्यार्थी राजनीति, बिकास र रबिन्द्र अधिकारी बिषयमा परिसम्बाद कार्यक्रम आयोजना गरिएको आचार्यले जानकारी दिनुभयाे।
कार्यक्रममा प्रतिष्ठानका सदस्य दीपेन्द्र श्रेष्ठ, प्रेस स्वतन्त्र सेनानी बद्री बिनोद प्रतीक ,अग्रज पत्रकार पुण्य पौडेल , पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी, प्रतिष्ठानका सदस्य सुष्मा पौडेल लगायतका संचाकर्मीहरुले रबिन्द्र अधिकारिले सञ्चार लगायत बिबिध क्षेत्रमा पुर्याएको योगदानको बारेमा प्रकाश पार्नुभएकाे थियाे ।