युक्रेनबाट कता कता गए नेपाली ? • Nepal's Trusted Digital Newspaperयुक्रेनबाट कता कता गए नेपाली ? • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • युक्रेनबाट कता कता गए नेपाली ?

युक्रेनबाट कता कता गए नेपाली ?

  • समाचारपाटी
  • आइतवार, फाल्गुन १५, २०७८
युक्रेनबाट कता कता गए नेपाली ?

काठमाडौं । युक्रेनमा रहेका नेपालीले उक्त देश छोड्ने क्रम सुरु भएको छ । जर्मनीको वर्लिनस्थित नेपाली दूतावासका अनुसार सीमा जोडिएका पोल्यान्ड, स्लोभाकिया, हंगेरी र रोमानियामा नेपाली गइरहेका छन् ।

दूतावासले शनिबार जारी गरेको विज्ञप्तिमा १५ नेपाली पोल्यान्डमा, ३ स्लोभाकियामा, २ हंगेरीमा र १ नेपाली रोमानियामा प्रवेश गरेका उल्लेख छ ।

२३ नेपाली स्लोभाकिया र २ जना रोमानिया जान बाटोमा रहेको दूतावासको विज्ञप्तिमा उल्लेख छ । युक्रेनमा रहेका २२५ जना नेपालीहरु सम्पर्कमा आएको र सबै सुरक्षित रहेको दूतावासले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका