आज विजया एकादशी व्रत, व्रत गर्नाले मिल्छ यस्ताे फल • Nepal's Trusted Digital Newspaperआज विजया एकादशी व्रत, व्रत गर्नाले मिल्छ यस्ताे फल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आज विजया एकादशी व्रत, व्रत गर्नाले मिल्छ यस्ताे फल

आज विजया एकादशी व्रत, व्रत गर्नाले मिल्छ यस्ताे फल

  • समाचारपाटी
  • आइतवार, फाल्गुन १५, २०७८
आज  विजया एकादशी व्रत, व्रत गर्नाले मिल्छ यस्ताे फल

जयं ददाति विजयं नृणा चैव न संशयस् ।
पुरातनं व्रतं ह्येतत् पवित्र पापनाशनम् ।।

यो एकादशीले पृथ्वीमा रहेका सबै प्राणीहरूको उपासना गर्न आव्हान गर्नुका साथै तुलसी पातको विशेष माग गर्छ । गोलोक धामका श्रीहरिको कृपा वर्षा गर्ने यो एकादशीमा व्रत लिने, फलाहार मात्र गर्ने र कीर्तन भक्ति गर्नेहरूलाई विजय प्राप्त हुने सङ्कल्प हुन्छ ।

विजया एकादशीले महाभारत र रामायण दुवै ग्रन्थमा स्थान पाएको छ । यो एकादशी व्रतले महाभारतमा पाण्डव अनि त्रेता युगमा भगवान् रामलाई विजयको शंखनाद गर्न शक्ति प्राप्त भएको मानिन्छ । विजयको फल दिने यो फाल्गुन एकादशी हाे ।

श्रुति अनुसार, श्री कृष्णले युधिष्ठिरसँग यो एकादशीको व्रत गर्नाले सबैलाई विजय मिल्नेमा सन्देह छैन भन्नुभएको छ । अनि कृष्ण पनि स्वयंले यो एकादशीको महिमा नारद मुनीबाट जानेको र यसरी यस महिमा आफू पछाडि युधिष्ठिरलाई नै बताएको भन्नुभएको छ ।

यो एकादशीको महिमा वर्णन गर्दा रामायणमा चाहिँ योगी वकदालभ्यको चर्चा पाइन्छ । यी मुनीले रामलाई यो एकादशीको महिमा बताएपछि राम र उनका सेनाले लङ्का जाने समुन्द्र पार गर्न र विजय हासिल गर्न सफल भएको मानिन्छ ।

धेरै कालअघि भगवान् श्रीराम वनवास गएको बेला रावणले सीतालाई छलकपट गरी हरण गरे । सिता हरण गरी लगेपछि उनै सीतालाई खोज्ने क्रममा विभिन्न समस्याको समाधान गर्दै राम समुद्रको किनारमा पुग्नुभयो ।

त्यहाँ एउटा मुनिलाई दण्डवत् गरी आफ्नो सबै दुःख सुनाउँदा मुनीले विजया एकादशीको व्रत गर्ने उपाय बताइदिनु भयो र लङ्कामा विजया प्राप्त गर्नुभयो । यही कारणले यो एकादशीको नाम विजया एकादशी रहन गएको हो ।

अतः यस्तो प्रकारको विजया एकादशीको व्रत गर्नाले विजया मिलेको हो मान्यता हाम्रा धर्मग्रन्थ तथा श्रुतिहरूमा उल्लेख छ । यो दिन लक्ष्मी नारायणको प्रतिमामा विधिवत् यथाशक्ति एवं भक्तिका साथ व्रत गरेमा अवश्य भक्तले विजया प्राप्त गर्न सकिने कुरा श्री स्कन्द पुराणमा उल्लेख गरिएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका