आजकाे मौसम :-लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन,चट्याङ्ग,हावाहुरी सहित वर्षा • Nepal's Trusted Digital Newspaperआजकाे मौसम :-लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन,चट्याङ्ग,हावाहुरी सहित वर्षा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आजकाे मौसम :-लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन,चट्याङ्ग,हावाहुरी सहित वर्षा

आजकाे मौसम :-लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन,चट्याङ्ग,हावाहुरी सहित वर्षा

  • समाचारपाटी
  • आइतवार, फाल्गुन १५, २०७८
आजकाे मौसम :-लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन,चट्याङ्ग,हावाहुरी सहित वर्षा

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।  सुदूर पश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका भू-भागमा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहेको छ।

देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही वाँकी भूभागहरुमा आंशिक बदली रहनेछ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानहरुमा मेघ गर्जन,चट्याङ्ग,हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरु तथा बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

आज रातिमा देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका