वाइसीएल नेता सुवास पौडेलको मोटरसाइकल दुर्घटनामा मृत्यु • Nepal's Trusted Digital Newspaperवाइसीएल नेता सुवास पौडेलको मोटरसाइकल दुर्घटनामा मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • वाइसीएल नेता सुवास पौडेलको मोटरसाइकल दुर्घटनामा मृत्यु

वाइसीएल नेता सुवास पौडेलको मोटरसाइकल दुर्घटनामा मृत्यु

  • समाचारपाटी
  • शनिबार, फाल्गुन १४, २०७८
वाइसीएल नेता सुवास पौडेलको मोटरसाइकल दुर्घटनामा मृत्यु
photosurce:-subash paudel facebook

नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालका स्वास्थ्य विभाग प्रमुख सुवास पौडेलको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

पौडेल अखिल (क्रान्तिकारी) हुँदै वाईसीएल र पार्टीको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । हाल उहाँ फेदीखोला गाउँपालिकाको नेकपा (माओवादी केन्द्र)को सचिव हुनुहुन्थ्यो । सिदार्थ राजमार्गअन्तर्गत स्याङ्जाको फेदीखोला गाउँपालिका–२ स्थित रहेकाे भालुपहाडबाट खसेर सुवास पौडेलको मृत्यु भएको छ।
युवाहरुका आशाका धरोहर वाइसीएल केन्द्रीय सदस्य स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका वडा न. ४ आरुखर्क बडाचौर निवासी सुवास पौडेल पोखरा १७ बिरौटा बस्दै आउनु भएकाे थियाे ।

फागुन १३ गते स्याङ्गजा पूतलीबजारमा वाइसीएल नेपाल स्याङ्गजाकाे जिल्ला समितिकाे बैठक सकेर साँझ करिब ५ ६ बजे तिर पाेखरा फर्किदै गर्दा भालुपहाडमा दुर्घटना भएकाे हाे ।

उहाँका साथमा अरू काेही साथी नभएकाे हुदाँ उहाँकाे दुर्घटना हुदाँ कसैले नदेखेकाे कारण हिजाे नै दुर्घटना भएकाे खबर थाहा हुन नसकेकाे बताइएकाे छ । ‘भालुपाहाडकाे सडक बिस्तार भइरहेकाे हिजाे पानि पनि परेकाे हुदाँ  बाटाे चिप्लाे भएकाेले उहाँकाे दुर्घटना भएकाे इन्सपेक्टर पदम थापाले बताउनुभएकाे छ ।

हिजाेबाट सम्पर्क बिहिन हुनुभएकाे पाैड्यलकाे खाेजी क्रममा प्रहरीले भालुपाहाडमा  सडकबाट डेढ सय मिटर तल चट्टानमा अडकिएकाे अवस्थामा पाैड्यलकाे शव फेला परेकाे हाे ।

पाैड्यलकाे शव फेला परेकाे ठाँउभन्दा ५० मिटर तल खसेकाे अवस्थामा उहाँ बाइक भेटिएकाे थियाे । आज प्रहरीले मुचुल्क उठाएर शवलाइ पाेष्टमार्टमकाे लागि लगिएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका