कांग्रेस-एमालेबीचको बैठक निश्कर्ष विनै सकियो • Nepal's Trusted Digital Newspaperकांग्रेस-एमालेबीचको बैठक निश्कर्ष विनै सकियो • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कांग्रेस-एमालेबीचको बैठक निश्कर्ष विनै सकियो

कांग्रेस-एमालेबीचको बैठक निश्कर्ष विनै सकियो

  • समाचारपाटी
  • शनिबार, फाल्गुन १४, २०७८
कांग्रेस-एमालेबीचको बैठक निश्कर्ष विनै सकियो

सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबीचको वार्ता कुनै निश्कर्षमा नपुगेरै सकिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा दुबै दलका नेताहरू आआफ्नै अडानमा अडिग रहँदा छलफल कुनै निश्कर्षमा पुग्न नसकेको बैठकमा सहभागी कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । ‘छलफलमा हामीले प्रतिनिधि सभा सुचारु गर्न आग्रह गरेका थियौं । तर, एमाले नेताहरूले पुरानै अडान दोहोर्‍याउनु भयो,’ उनले भने ।

बैठकमा दुवै दलका दोस्रो तहका नेताबीच छलफल भएको हो । छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।

कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्की सहभागी थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका