एमसीसी पनि पास हुन्छ, सत्ता गठबन्धन पनि टुट्दैन : प्रचण्ड • Nepal's Trusted Digital Newspaperएमसीसी पनि पास हुन्छ, सत्ता गठबन्धन पनि टुट्दैन : प्रचण्ड • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • एमसीसी पनि पास हुन्छ, सत्ता गठबन्धन पनि टुट्दैन : प्रचण्ड

एमसीसी पनि पास हुन्छ, सत्ता गठबन्धन पनि टुट्दैन : प्रचण्ड

  • समाचारपाटी
  • शनिबार, फाल्गुन १४, २०७८
एमसीसी पनि पास हुन्छ, सत्ता गठबन्धन पनि टुट्दैन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन नटुट्ने दाबी गरेका छन् । सत्तारुढ दोस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसीसी पारित हुने र सत्तारुढ गठबन्धन पनि नटुट्ने उपायको खोजीमा छलफल भइरहेको बताए ।

शनिबार सिंहदरवारमा आफ्नो पार्टी र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरूसँग भएको छलफलपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले एमसीसीबारे सहमतीकै बाटोबाट अघि बढने संक्षिप्त प्रतिक्रिया समेत दिए ।

अध्यक्ष दाहालले भने, ‘हामी छलफल गरिराखेका छौं । समस्याको समाधान हुन्छ । गठबन्धन टुट्दैन । सहमतिको बाटोबाटै अघि बढछ ।’

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका