‘सत्ता गठबन्धन नटुटोस् , गठबन्धन बचाऔं, एमसीसीको समस्या पनि समाधान होस:-‘प्रचण्ड’ • Nepal's Trusted Digital Newspaper‘सत्ता गठबन्धन नटुटोस् , गठबन्धन बचाऔं, एमसीसीको समस्या पनि समाधान होस:-‘प्रचण्ड’ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘सत्ता गठबन्धन नटुटोस् , गठबन्धन बचाऔं, एमसीसीको समस्या पनि समाधान होस:-‘प्रचण्ड’

‘सत्ता गठबन्धन नटुटोस् , गठबन्धन बचाऔं, एमसीसीको समस्या पनि समाधान होस:-‘प्रचण्ड’

  • समाचारपाटी
  • शनिबार, फाल्गुन १४, २०७८
‘सत्ता गठबन्धन नटुटोस् , गठबन्धन बचाऔं, एमसीसीको समस्या पनि समाधान होस:-‘प्रचण्ड’

काठमाडौं । सत्ता गठबन्धन जोगाउन र एमसीसी सम्झौता अनुमोदनको विवाद टुङ्ग्याउन माओवादी केन्द्र छलफलमा जुटेको छ। अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई संसदबाट अनुमोदन गर्ने समयसीमा नजिकिँदै गर्दा सरकारको नेतृत्व गरिरहेको कांग्रेसले एमालेसँग छलफल अगाडि बढाएपछि प्रचण्ड लगायतका नेताहरु गृहकार्यमा जुटेकाे हाे ।

प्रमुख सत्तारुढ नेपाली कांग्रेसले एमसीसी अनुमोदनका लागि सत्तारुढ दल र प्रतिपक्ष दलसँग निरन्तर सम्वाद गरिरहेको छ। अनुमोदन सुनिश्चित गराउन सरकारको आग्रहमा आइतबारसम्म संसद बैठक पनि स्थगित गरिएको छ। फागुन १६ को एमसीसीको समयसीमालाई लिएर सबै दल दबाबमा रहेका छन्।

सत्ता गठबन्धनका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सत्तामा पनि बस्ने र एमसीसीको विपक्षमा पनि उभिएर दोहोरो चरित्र देखाएपछि प्रमुख सत्तारुढ कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्माओलीसँग सहयोग मागिरहनुभएकाे छ।

एमसीसीका कारण धरापमा पर्ने अवस्था आएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार एक कार्यक्रममा सत्ता गठबन्धन सजिलै नटुटोस् भनेर लागिरहेको जानकारी गराउनुभयाे। कार्यक्रममा एमसीसीबारे लामो व्याख्या गर्न नसक्ने बताउँदै उहाँले आफूलाई पार्टी पर्खेर बसिरहेको बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘सत्ता गठबन्धन सजिलै नटुटोस् भनेर लागिरहेका छौं। गठबन्धन बचाऔं, एमसीसीको समस्या पनि समाधान होस्, गठबन्धन पनि नटुटोस् भनेर कुनै उपाय छ त भनेर छलफल भइरहेको छ।’

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका