राप्रपा नेपालमा युवाहरुको प्रवेश लहर • Nepal's Trusted Digital Newspaperराप्रपा नेपालमा युवाहरुको प्रवेश लहर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राप्रपा नेपालमा युवाहरुको प्रवेश लहर

राप्रपा नेपालमा युवाहरुको प्रवेश लहर

  • समाचारपाटी
  • शनिबार, फाल्गुन १४, २०७८
राप्रपा नेपालमा युवाहरुको प्रवेश लहर

काठमाडौं । कमल थापाको नेतृत्वमा राप्रपा नेपाल पुनर्जागृत भएको केहीदिनमै यस पार्टीमा युवाहरुको आकर्षण बढ्दै गएको छ । भर्खरै केन्द्रीय कार्य समिति निर्माण, जिल्ला कार्य समितिहरुको विस्तार गर्दै संगठन गर्न थालेको राप्रपा नेपालमा काठमाडौंको तारकेश्वर नगपालिकाका १ सय बढी युवाहरु स्वतःस्फूर्त  रुपमा प्रवेश गरेका छन् ।

274733558 10161795255144202 1016443713539663862 n

तारकेश्वरमा युवामाझ लोकप्रीय मानिनुभएका नेता तथा राप्रपा नेपालका केन्द्रीय सदस्य राजकुमार खड्काको सहजिकरणमा सयौं युवाहरुले विभिन्न दल परित्याग गर्दै राप्रपा नेपालमा समाहित भएका हुन् ।

नवप्रवेशीहरुले काठमाडौं उपत्यकालाई राप्रपा नेपालको पुरानै किल्लामा फर्काउने महान उदेश्य लिएर उर्जाका साथ राप्रपा नेपालमा प्रवेश गरेको बताएका छन् । अघिल्लो आम निर्वाचनमा उपत्यकाबाट राप्रपा नेपालले अत्यधिक मत प्राप्त गरेको थियो ।

राप्रपा नेपालका केन्द्रीय सदस्य कैलाश कटुवालको प्रमुख आथित्यतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा केन्द्रीय सदस्यहरु पुरु दाहाल, मिरा महर्जन, दामोदर वाग्ले लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

274237489 443517607554911 8420684486391476250 n

274488330 4932382266839527 5879348375694811828 n

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका