दाङ । दाङमा प्रतिबन्धित वन्यजन्तु रेडपान्डाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले राप्ती गाउँपालिका १ स्थित भालुवाङ प्यूठान सडक खण्डमा चेकजाँच गर्ने क्रममा प्रतिबन्धित दुर्लभ वन्यजन्तु रेडपाण्डाको पाँच थान छालासहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका ७ बस्ने वर्ष ३२ का रामबहादुर थापा, लुङग्री गाउँपालिका ३ बस्ने वर्ष २० को रुपक खड्का र सुनछहरी गाउँपालिका ७ बस्ने वर्ष १९ को रामकुमार पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताउनुभएकाे छ ।
शक्रबार बेलुकी पक्राउ परेका उनीहरुले रेडपान्डो छाला हिमाली क्षेत्रबाट ल्याई अन्यत्र बिक्रीका लागि लैजाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।