बौद्ध कथामा आधारित नेपाल भाषाको फिल्म ‘कर्म’ प्रदर्शनमा • Nepal's Trusted Digital Newspaperबौद्ध कथामा आधारित नेपाल भाषाको फिल्म ‘कर्म’ प्रदर्शनमा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बौद्ध कथामा आधारित नेपाल भाषाको फिल्म ‘कर्म’ प्रदर्शनमा

बौद्ध कथामा आधारित नेपाल भाषाको फिल्म ‘कर्म’ प्रदर्शनमा

  • समाचारपाटी
  • शनिबार, फाल्गुन १४, २०७८
बौद्ध कथामा आधारित नेपाल भाषाको फिल्म ‘कर्म’ प्रदर्शनमा

काठमाडौं । बौद्ध कथामा आधारित नेपाल भाषाको फिल्म ‘कर्म’ शनिबारबाट गुण सिनेमा हल, ग्वार्काेमा प्रदर्शन भएको छ । रामकृष्ण खड्गीको पटकथा,सम्वाद तथा निर्देशन रहेको फिल्मको निर्माता राजेन्द्र शाक्य (दिजेन्द्र) हुनुहुन्छ ।

1 4

गुण समूहले निर्माण गरेको फिल्ममा वरिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठ,कर्म शाक्य, आशिष्मा नकर्मी, नारायणदेवी प्रधान, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, लुनिभा तुलाधर, वत्स शाक्य, रजनी खड्गी,अन्नपूर्णेश्वरी श्रेष्ठ,रुमन जोशी,अजय श्रेष्ठ,सुशील शाक्य, राजु मानन्धर, पुरन सायमीलगायतकाे अभिनय रहेकाे छ ।

पहिलो दिनको बिशेष शोमा अभिनेता कर्म शाक्य, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, निर्माता छबिराज ओझालगायतका कलाकारकाे उपस्थित थियाे । निर्माता दिजेन्द्रले यो फिल्मले गर्ने सम्पूर्ण आम्दानी बौद्ध बिहारहरुको जिर्णाेद्धार,संरक्षण तथा सम्बद्र्धनमा लगाइनुका साथै बिभिन्न समाजीक संस्थालाई प्रदान गरिने जानकारी दिनुभयाे । निर्देशक रामकृष्णले फिल्म अब निरन्तर एक महिना गुण सिनेमा प्रदर्शन हुने बताउनुभयाे ।

यसै समूहले यसअघि पनि बौद्ध कथामा ‘पटाचारा’ र ‘कृषा गौतमी’ फिल्म निर्माण गरेको थियो । दुवै फिल्मको आम्दानी सामाजीक कार्यमा लगाइएको थियोे । लुःज सिंहले खिचेको ‘कर्म’ को सहनिर्माता दिप्रश शाक्य हुनुहुन्छ । रामकृष्ण,बालकृष्ण र राजु तुलाधरको संगीत रहेको फिल्मको सम्पादन र पाश्र्व संगीत सृजना बालकृष्ण बंशीले गर्नुभएकाे  हाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका