महोत्तरीमा प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु फेला • Nepal's Trusted Digital Newspaperमहोत्तरीमा प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु फेला • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • महोत्तरीमा प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु फेला

महोत्तरीमा प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु फेला

  • समाचारपाटी
  • शनिबार, फाल्गुन १४, २०७८
महोत्तरीमा प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु फेला

महोत्तरीको मट्टीहानी नगरपालिकास्थित धिरापुरमा शंकास्पद वस्तु फेला परेको छ ।

प्रेसर कुकरभित्र तारहरू देखिएको हुनाले बम हुनसक्ने स्थानीयको  आशंका छ ।

नगरपालिकाको कार्यालयनजिकै फेला परेपछि अहिले उक्त ठाउँलाई सिल गरिएको छ भने नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ गैइरहेको छ ।

वरपर बस्ती समेत रहेकाले उक्त ठाउँलाई सिल गरेर अनुसन्धान अगाडि बढाइएको नगर प्रमुख हरि मण्डलले जानकारी दिए ।

झोलाभित्र कुकर र तारहरु समेत देखिएको हुनाले बम नै हुन सक्ने नगरप्रमुख मण्डलको भनाइ छ ।  अचानक नगरपालिकानजिकै देखिएको उक्त शंकास्पद बस्तु भेटिएपछि अहिले स्थानीय त्रसित बनेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका