क्लाइमेक्स खिच्न मुस्ताङ पुग्यो लाखे • Nepal's Trusted Digital Newspaperक्लाइमेक्स खिच्न मुस्ताङ पुग्यो लाखे • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • क्लाइमेक्स खिच्न मुस्ताङ पुग्यो लाखे

क्लाइमेक्स खिच्न मुस्ताङ पुग्यो लाखे

  • समाचारपाटी
  • शनिबार, फाल्गुन १४, २०७८
क्लाइमेक्स खिच्न मुस्ताङ पुग्यो लाखे

काठमाडौंँ । फिल्म लाखे’ युनिट मुस्ताङ पुगेको छ । फिल्मको क्लाइमेक्स छायांकनका लागि निर्माण युनिट केही दिन अगाडि मुस्ताब पुगेको हो । मुस्ताङको कागबेनीलगायत बिभिन्न मनोरम दृश्य समेटिने गरेर फिल्मको क्लाइमेक्स छायांकन भइरहेको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बताउनुभयाे । लाखे’ को क्लाइमेक्स कसैले नसोचेको बिषेश छ’ निर्माता ठकुरीले भन्नुभयाे । त्यसैले पनि हामीले मुस्ताङ रोजेका हौ ।’

IMG 20220224 WA0003 1

सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, रोहित रुम्बालगायत कलाकार क्लाइमेक्सका लागि मुस्ताङ पुगिसकेका छन्, भने अभिनेत्री बर्षा राउत, अर्पण थापा, प्रशान्त ताम्रकारलगायत भने केही दिनमा पुग्दैछन् । सम्राट बस्नेतको निर्देशक रहेको लाखे’ मल्टिस्टार कलाकारले भरिएको फिल्म हो । फिल्ममा सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, रोहित रुम्बा, बर्षा राउत, अर्पण थापा, प्रशान्त ताम्रकार, संजोक राणा र कालु राना लगायत कलाकारको मुख्य भुमिका रहेको छ ।

IMG 20220224 WA0004

फिल्म काठमाडौँको छायांकन पछि मुस्ताङ पुगेको हो । मुस्ताङको क्लाइमेक्स सकाएर फिल्म फेरि काठमाडौँमा केही दिन छायांकन हुने
निर्माण युनिटले जानकारी दिएकाे छ। ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको फिल्मका निर्माता सिजन अर्याल हुनुहुन्छ ।

कथासमेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरी (जिएम) प्रस्तुतकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहनुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका