युद्धका बीच रुस र युक्रेनबीच वार्ताको तयारी • Nepal's Trusted Digital Newspaperयुद्धका बीच रुस र युक्रेनबीच वार्ताको तयारी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • युद्धका बीच रुस र युक्रेनबीच वार्ताको तयारी

युद्धका बीच रुस र युक्रेनबीच वार्ताको तयारी

  • समाचारपाटी
  • शुक्रबार, फाल्गुन १३, २०७८
युद्धका बीच रुस र युक्रेनबीच वार्ताको तयारी

युद्धका बीच रुस र युक्रेनबीच वार्ताको तयारी भएको छ । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले युक्रेनले आत्मसमर्पण रुस वार्ता गर्न तयार रहेको बताएको केही समयपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले रुसलाई वार्ताका लागि निम्तो दिएका थिए ।

युक्रेनी राष्ट्रपतिको वार्ताको निम्तो दिएपछि क्रेमिलन पनि वार्ता गर्ने बताएको छ । क्रेमिलन प्रवक्ता दिमित्री पेसकोभले तथस्ट भूमिमा वार्ता गर्न सकिने जनाएका छन् । उनले बेलारुसको राजधानी मिन्स्कमा वार्ता गर्न सकिने बताएको बीबीसीले रुसी समाचार एजेन्सीको हवला दिँदै जनाएको छ ।

बिहीबारदेखि रुसले युक्रेनमाथि लगातार आक्रमण गरिरहेको छ । युक्रेनतर्फ ठूलो क्षति भएको बताइएको छ । रुसी सेना युक्रेनको राजधानी किभसम्म पुगिसकेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका