फेरि बालकोट पुगे देउवा • Nepal's Trusted Digital Newspaperफेरि बालकोट पुगे देउवा • Nepal's Trusted Digital Newspaper

फेरि बालकोट पुगे देउवा

  • समाचारपाटी
  • शुक्रबार, फाल्गुन १३, २०७८
फेरि बालकोट पुगे देउवा

एमसीसीका विषयमा अन्यौलता बढ्दै गएसँगै विभिन्न राजनीतिक दलका नेताहरूले छलफललाई तीव्रता दिन थालेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन् ।

उनी पार्टी उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पार्टी नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई साथमा लिएर बालकोट पुगेका हुन् ।

दिनभर सत्ता गठबन्धनका नेताहरूसँग छलफल गरेका देउवा साझ ओलीलाई भेट्न बालकोट पुगेका हुन् । उनीहरूबीचको भेटमा एमसीसीका विषयमा छलफल हुने बताइएको छ । एमसीसीलाई जसरी पनि संसद्‍बाट अनुमोदन गर्ने पक्षमा रहेका देउवा सत्ता गठबन्धनको साथ नभए प्रमुख प्रतिपक्षीलाई भए पनि साथमा लिएर जाने मनस्थितिमा छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका