पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ६२८ नमुना परीक्षण गरिएको थियो । ५ हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ र ३ हजार १७६ जनाको एन्टीजेन परीक्षण गर्दा ११७ गरी २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ५५५ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ९ हजार २८० संक्रिय संक्रमित रहेका छन् ।