रुसी सैनिक युक्रेनको राजधानी किएभ पुगे ।
रुसी सैनिकहरू राजधानी किएभ पुगेको युक्रेनी अधिकारीहरूले पुष्टि गरेका छन्।
युक्रेनको रक्षा मन्त्रालयले ट्विटरमा शत्रु ओबोलोन क्षेत्र आइपुगेको जनाएको छ।
युक्रेनी अधिकारीहरूले स्थानीय बासिन्दालाई प्रतिकार गर्न प्रोत्साहित गरेका छन् भने अरूलाई सुरक्षित स्थानमा बस्न सुझाव दिएका छन्।
किएभमा सुनियो गोली हानाहानको आवाज
रुसी फौज अगाडि बढिरहँदा युक्रेनी राजधानी किएभमा गोली हानाहानका आवाज सुनिएका थुप्रै विवरणहरू आइरहेका छन् ।
पोल एडम्सले पनि आफूले त्यस्तो आवाज सुनेको बताएका छन् ।
अनुसन्धनात्मक पत्रकारिता गर्ने बेलिङ्क्याट वेबसाइटका कार्यकारी निर्देशक क्रिस्टो ग्रोजेभले गोली हानाहानको आवाज सुनिने भिडिओ फुटेज पोस्ट गरेका छन् ।