अब वैदेशिक रोजगारीमा जाने कामदारका लागि पीसीआर परीक्षण निःशुल्क • Nepal's Trusted Digital Newspaperअब वैदेशिक रोजगारीमा जाने कामदारका लागि पीसीआर परीक्षण निःशुल्क • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • अब वैदेशिक रोजगारीमा जाने कामदारका लागि पीसीआर परीक्षण निःशुल्क

अब वैदेशिक रोजगारीमा जाने कामदारका लागि पीसीआर परीक्षण निःशुल्क

  • समाचारपाटी
  • शुक्रबार, फाल्गुन १३, २०७८
अब वैदेशिक रोजगारीमा जाने कामदारका लागि पीसीआर परीक्षण निःशुल्क

काठमाडौं । सरकारले अबदेखि वैदेशिक रोजगारीमा जाने कामदारहरुको लागि पीसीआर परीक्षण निःशुल्क गर्ने भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यमन्त्री स्तरीय निर्णय गर्दै निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो ।

संविधानको धारा ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परिक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभूति दिने अभिप्रायले यस्तो निर्णय गरेको हो ।

शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै श्रमिकहरुका लागि निःशुल्क पीसीआर परीक्षण हुने मन्त्रालयले जनाएको छ । तर, त्यसका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात भने पेश गर्नुपर्नेछ ।

 

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका