नेपाल-भारत जमुनाहनाका आजदेखि १६ गते बजेसम्मका लागि ६० घण्टा पूर्णरुपमा बन्द • Nepal's Trusted Digital Newspaperनेपाल-भारत जमुनाहनाका आजदेखि १६ गते बजेसम्मका लागि ६० घण्टा पूर्णरुपमा बन्द • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपाल-भारत जमुनाहनाका आजदेखि १६ गते बजेसम्मका लागि ६० घण्टा पूर्णरुपमा बन्द

नेपाल-भारत जमुनाहनाका आजदेखि १६ गते बजेसम्मका लागि ६० घण्टा पूर्णरुपमा बन्द

  • समाचारपाटी
  • शुक्रबार, फाल्गुन १३, २०७८
नेपाल-भारत जमुनाहनाका आजदेखि १६ गते बजेसम्मका लागि ६० घण्टा पूर्णरुपमा बन्द

 राँझा । नेपालगञ्जस्थित नेपाल-भारत सीमा जमुनाहनाका आज (शुक्रबार) साँझदेखि पूर्णरूपमा बन्द हुने भएको छ । भारतको बहराइच, श्रावस्तीलगायतका सीमावर्ती जिल्लामा यही फागुन १५ गते विधानसभाको निर्वाचन हुने भएकाले नेपालगञ्जस्थित जमुनाहानाका ६० घण्टाका लागि पूर्णरूपमा बन्द गरिने बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभएकाे हाे ।

उहाँका अनुसार आज बेलुकी ६ बजेदेखि फागुन १६ गते सोमबार बिहान ६ बजेसम्मका लागि सीमानाका पूर्णरूपमा बन्द गरिने छ । सीमानाकामा ६० घण्टासम्म सवारीसाधन र पैदलयात्रु आवतजावतमा पूर्ण रोक लगाइने छ ।

निर्वाचन प्रयोजनका लागि रुपइडिहालगायतको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाउनुका साथै सिमानामा एकसाता अघिदेखि नै सुरक्षा जाँचमा समेत कडा पारिएको छ । आपात्कालीन सेवाबाहेक अन्य कुनै पनि सवारीसाधन र पैदलयात्रुलाई समेत आवागमनको छुट नहुने प्रहरी उपरीक्षक अधिकारीले बताउनुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका