बिजनेस भिसामा कम्बोडिया हिँडेका ६ जनालाई विमानस्थलबाट फर्काइयाे • Nepal's Trusted Digital Newspaperबिजनेस भिसामा कम्बोडिया हिँडेका ६ जनालाई विमानस्थलबाट फर्काइयाे • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बिजनेस भिसामा कम्बोडिया हिँडेका ६ जनालाई विमानस्थलबाट फर्काइयाे

बिजनेस भिसामा कम्बोडिया हिँडेका ६ जनालाई विमानस्थलबाट फर्काइयाे

  • समाचारपाटी
  • शुक्रबार, फाल्गुन १३, २०७८
बिजनेस भिसामा कम्बोडिया हिँडेका ६ जनालाई विमानस्थलबाट फर्काइयाे

काठमाडौं । व्यापारिक प्रवेशाज्ञा (बिजनेस भिसा)मा कम्बोडिया हिँडेका ६ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले रोकेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले धादिङका दिनेशप्रसाद तिम्सीना र मनित तामाङ, खोटाङका अनिलकुमार चाम्लीङ, नुवाकोटका विराज अर्याल, सोलुखुम्बुका रमेशकुमार बस्नेत र खेमराज बस्नेतको कम्बोडिया यात्रा शंकास्पद भएको भन्दै प्रस्थान अनुमति नदिएको हो।

उनीहरु बुधबार कम्बोडिया जाँदै थिए। प्रस्थान अनुमति नपाएपछि उनीहरु विमानस्थलबाट फर्किएको अध्यागमनका अधिकारीले बताउनुभएकाे छ।

उनीहरुको राहदानीमा कम्बोडियाको बिजनेस भिसा छ। बिजनेस भिसामा कम्बोडिया हिँडेका उनीहरुले अध्यागमनका अधिकारीहरु समक्ष आफ्नो यात्राको उद्देश्य पुष्टि गर्न सकेनन्। नेपालमा उनीहरुले गरेको व्यापारको कागजात समेत अध्यागमनका अधिकारीहरुलाई दिन सकेनन्।

अध्यागमनका अधिकारीहरुले नेपालमा उनीहरुले गरेको व्यापारको विवरण मागेका थिए। बिजनेस भिसामा विदेश जान स्वदेशमा पनि विजीनेस गरेको हुनुपर्छ। उनीहरुले नेपालमा गरेको आफ्नो व्यापारको विवरण अध्यागमनका अधिकारीहरुलाई दिन सकेनन्। लगत्तै शंकास्पद यात्रा भन्दै अध्यागमनका अधिकारीहरुले उनीहरुलाई फिर्ता गरिदिएको हो।

अध्यागमनका अधिकारीहरुले यात्रा पुष्टि गर्न नसकेपछि उनीहरु अन्तर्राष्ट्रिय मावन तस्करहरुको सञ्जालमा फसेको हुन सक्ने आशंका गरेको छ। ‘युरोप, अमेरिका छिराउने भन्दै मानव तस्करको गिरोहले फसाउन खोजेको आशंकामा उनीहरुलाई हामीले प्रस्थान अनुमति नदिएका हौ,’ अध्यागमनका एक अधिकारीले  बताउनुभएकाे छ।

source:annapurnapost

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका