पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन नेकपाअध्यक्ष ओली पोखरा आउने • Nepal's Trusted Digital Newspaperपार्टी प्रवेश कार्यक्रममा सहभागी हुन नेकपाअध्यक्ष ओली पोखरा आउने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन नेकपाअध्यक्ष ओली पोखरा आउने

पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन नेकपाअध्यक्ष ओली पोखरा आउने

  • समाचारपाटी
  • बिहिबार, फाल्गुन १२, २०७८
पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन नेकपाअध्यक्ष ओली पोखरा आउने

प्रल्हाद चन्द्र घिमिरे, पोखरा, १२ फागुन । भाेली नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पोखरा आउनुहुने भएकाे छ । पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली ११ बजे पोखरा आइपुग्ने एमाले गण्डकीका उपसचिव रश्मि आचार्यले जानकारी दिनुभयाे ।

oli 3आचार्यले भन्नुभयाे  “उहाँ भाेली ११ बजे पोखरा आएर साढे २ बजे फर्किने कार्यक्रम छ । एमसीसीले विकास गरेको पछिल्लो घटनाक्रमले पनि उहाँ पोखरा आउने कार्यक्रम रोकिंदैन ।” विभिन्न पार्टी परित्याग गरेर ठूलै संख्यामा नेता, कार्यकर्ता आउने भएपछि उहाँहरूलाई एमालेमा भित्र्याउन अध्यक्ष ओली नै पोखरा आउने कार्यक्रम तय भएको उहाँको भनाइ छ ।

पहिले एमालेमै रहेका र जनजाति आन्दोलनको मुद्दा उठाउँदै अशोक राईहरुसँगै बाहिरिएका गणेशमान गुरुङ फेरि एमालेमै प्रवेश गर्दैहुनुहुन्छ । जनता समाजवादी पार्टीका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्जसमेत रहनुभएका गुरुङ एमाले प्रवेश गर्न लाग्नुभएकाे हाे ।

एकीकृत समाजवादी पार्टी रोजेका केही नेता कार्यकर्ता, विवेकशील साझा पार्टीबाट अलग्गिएकाहरू पनि एमालेमा प्रवेश गर्न लागेको उपसचिव आचार्यले बताउनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका