प्रतिनिधिसभाको बैठक आज बस्दै • Nepal's Trusted Digital Newspaperप्रतिनिधिसभाको बैठक आज बस्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिनिधिसभाको बैठक आज बस्दै

  • समाचारपाटी
  • शुक्रबार, फाल्गुन १३, २०७८
प्रतिनिधिसभाको बैठक आज बस्दै

 काठमाडौं । हिजाे स्थगित प्रतिनिधिसभाको बैठक आज बस्दैछ। अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि आज बैठक बोलाइएको हो । एमसीसी सम्झौताबारे छलफल गर्नका लागि बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरी आजका लागि सारिएको हो । बैठक आज १ बजे बस्ने भएकाे छ ।

बिहीबार बैठकको कार्यसूची तय गर्न कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत बसेको थियो तर अन्तिम समयमा आएर सोही बैठकमा सरकारले एक दिनको समय मागेपछि संसद बैठक आजलाई सारिएको हो।

एमसीसीबारे संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच अझै सहमति हुनसकेको छैन । बिहीबार दिनभर प्रधानमन्त्री शेरबहादुर देउवा र सरकार सक्रिय भए पनि कुनै सहमति भएको छैन । सत्तारुढ दलहरू विभाजित भएका छन्, गठबन्धन कायम रहने नरहने अनिश्चित छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका