मनाेरञ्जनमा याे साता:- ‘चिसो एस्ट्रे’को ट्रेलर, ‘म यस्तो गीत गाउँछु २ प्रिमियर, सलोनकाे प्रेमिका सार्वजनिक सम्म • Nepal's Trusted Digital Newspaperमनाेरञ्जनमा याे साता:- ‘चिसो एस्ट्रे’को ट्रेलर, ‘म यस्तो गीत गाउँछु २ प्रिमियर, सलोनकाे प्रेमिका सार्वजनिक सम्म • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मनाेरञ्जनमा याे साता:- ‘चिसो एस्ट्रे’को ट्रेलर, ‘म यस्तो गीत गाउँछु २ प्रिमियर, सलोनकाे प्रेमिका सार्वजनिक सम्म

मनाेरञ्जनमा याे साता:- ‘चिसो एस्ट्रे’को ट्रेलर, ‘म यस्तो गीत गाउँछु २ प्रिमियर, सलोनकाे प्रेमिका सार्वजनिक सम्म

  • समाचारपाटी
  • शुक्रबार, फाल्गुन १३, २०७८
मनाेरञ्जनमा याे साता:- ‘चिसो एस्ट्रे’को ट्रेलर,  ‘म यस्तो गीत गाउँछु २ प्रिमियर, सलोनकाे प्रेमिका सार्वजनिक सम्म

चलचित्र ‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंको कुमारी हलमा कार्यक्रमको आयोजना गरी दिनेश पाल्पालीको निर्देशनमा बनेको यो चलचित्रको तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

चलचित्रमा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नवीन लम्साल र रविन तामाङको मुख्य भूमिका छ । यो चलचित्र चैत ४ गतेबाट रिलिज हुँदैछ ।

यो चलचित्रको कथा भूपि शेरचनको लेखनबाट प्रभावित रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । गाउँबाट शहरमा आउने मानिसका सपना कसरी एस्ट्रेको चुरोटझैं निभ्दै जान्छ भन्ने कथालाई चलचित्रमा देखाइएको छ ।

चलचित्रका निर्माता महेशबाबु तिमल्सिनाले नेपालमा आफूले हेर्न चाहेको चलचित्र बनाउने अभिलाषाले निर्माणमा जोडिएको बताउनुभयाे । चलचित्रमा आफू गाउँबाट शहरमा आउने मदन नामक पात्रको भूमिकामा देखिएको कलाकार दिव्य देवले बताउनुभएकाे छ ।

दिन्स पाल्पालीकै लेखन रहेको यो चलचित्रमा अजर जंगमको संगीत छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिमिल्सिनाले प्रस्तुत गर्नुभएकाे हाे ।

 

Salon karishama VKuydTBmse

अभिनेता सलोन बस्नेत अभिनयका कारण जसरी चर्चामा रहनुभएकाे त्यसैगरी उहाँको प्रेम सम्बन्ध पनि गसिप बजारमा चर्चामा रहेकाे छ ।

सलोनले आफ्नी प्रेमिका सार्वजनिक गर्नुभएकाे छ । सलोन केही समयदेखि करिश्मा केसीको प्रेममा  रहनुभएकाे छ । सलोनले प्रेम दिवसको अवसरमा करिश्मासँगको तस्वीर सार्वजनिक गर्नुभएकाे हाे ।

सलोनले सार्वजनिक कार्यक्रममा पनि आफू प्रेममा रहेको खुलाउँदै आउनुभएकाे थियाे । तर उहाँले युवतीको नाम भने खुलाउनुभएकाे थिएन् । यसअघि सलोनको प्रेम चलचित्र क्षेत्रसँगै जोडिएका कलाकारसँग थियो । तर यसपटक भने उहाँ चलचित्र क्षेत्रभन्दा बाहिरकी युवतीसँगको प्रेममा रहनुभएकाे छ ।

नेपाली चलचित्रमा सलोन बस्नेतलाई ‘चट्नी नायक’को रुपमा चिनिन्छ । उहाँ एकल भूमिकामा चलचित्र होल्ड गर्ने क्षमता राख्नुहुदैन भन्ने सोचिन्छ । तर चलचित्रमा सहनायकको रुपमा देखिंदा भने उहाँ सधैं चर्चामा रहनुहुन्छ ।

yasto2

शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’लाई प्रिमियरमा सुखद् प्रतिक्रिया मिलेको छ । बुधबार कीर्तिपुर सिनेप्लेक्समा आयोजना भएको प्रिमियरमा चलचित्रकर्मी र सञ्चारकर्मीहरु पुगेका थिए ।

२ घन्टा १६ मिनेट लामो यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्नुभएकाे हाे । चलचित्रमा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी, गणेश गिरी लगायतका कलाकारको मुख्य भूमिका छ ।

yasto geet gauchu

एक सुपरस्टार र एक उदयीमान गायिकाको प्रेमकथामा निर्माण भएको यो चलचित्रलाई अधिकांश चलचित्रकर्मीले उत्कृष्ट भनेका छन् । चलचित्र हेरेर निस्किएपछि अभिनेत्री निरुता सिंहले भन्नुभयाे, ‘चलचित्र हेरेपछि म धेरै पटक रोमाञ्चित भए भने कैयौं पटक रोएँ । चलचित्रको गीतसंगीत, मेकिङ, कथावस्तु उत्कृष्ट छ । कलाकारको अभिनय बेजोड लाग्यो ।’

mygg2

नेपाली चलचित्र क्षेत्रलाई नै चलायमान बनाउनेमा विश्वास छ । प्रेमकथामा सुदर्शन थापाले उत्कृष्ट चलचित्र बनाउनुभएको छ ।’चलचित्र हेर्न पुगेका कलाकार दीपकराज गिरी, प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज, एलिशा गौतम, सञ्जोग कोइराला लगायतले पनि यसको कथावस्तु, प्रस्तुति र कलाकारको अभिनय उत्कृष्ट रहेको सुनाउनुभयाे । प्रिमियरमा कलाकारहरु नीर शाह, गौरी मल्ल, रमेश उप्रेती, निशा अधिकारी, दमन रुपाखेती, पुष्प खड्कालगायत पुग्नुभएकाे थियाे । यस्तै निर्माता छवि ओझा, निर्देशक दीपेन्द्र के खनाल, गायक यम बराल, संगीतकार अर्जुन पोखरेल, गायिका मलिका कार्कीलगायत पनि चलचित्रको प्रिमियरमा पुग्नुभएकाे थियाे ।

चलचित्रको प्रिमियरमा पाएको प्रतिक्रियाले आफू उत्साहित भएको निर्देशक सुदर्शन थापाले बताउनुभयाे । उहाँले आफूहरुले दर्शकमाझ एउटा उत्कृष्ट प्रेमकथा पस्किएको भन्दै अब यसलाई कसरी अगाडि बढाउने भन्ने जिम्मेवारी दर्शकमा भएको बताउनुभयाे । अभिनेत्री पूजा शर्माले पनि चलचित्र रिलिजको समयमा विभिन्न खालका समस्या उत्पन्न भएपनि दर्शकले माया गर्नेमा विश्वास व्यक्त गर्नुभएकाे छ ।

अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र सौरभ लामाको छायांकन रहेको चलचित्रको टिकट बुकिङ पनि खुल्ला भइसकेको छ । चलचित्रको प्रिमियरमा अभिनेता पल शाहकाे भने उपस्थित थिएन ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका