विश्वकप ग्लोबल क्वालिफायर ए को तेस्रो स्थानको लागि आज नेपाल ओमानसँग खेल्दै • Nepal's Trusted Digital Newspaperविश्वकप ग्लोबल क्वालिफायर ए को तेस्रो स्थानको लागि आज नेपाल ओमानसँग खेल्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • विश्वकप ग्लोबल क्वालिफायर ए को तेस्रो स्थानको लागि आज नेपाल ओमानसँग खेल्दै

विश्वकप ग्लोबल क्वालिफायर ए को तेस्रो स्थानको लागि आज नेपाल ओमानसँग खेल्दै

  • समाचारपाटी
  • बिहिबार, फाल्गुन १२, २०७८
विश्वकप ग्लोबल क्वालिफायर ए को तेस्रो स्थानको लागि आज नेपाल ओमानसँग खेल्दै

काठमाडौं । आईसीसी टी- २० विश्वकप ग्लोबल क्वालिफायर ए को तेस्रो स्थानको लागि नेपालले आज ओमानसँग खेल्दैछ । अष्ट्रेलियामा यसै वर्ष हुने विश्वकपमा छनोट हुन असफल भएको नेपालले क्वालिफायरको तेस्रो स्थानका लागि खेल्न लागेको हो । ओमान पनि यसपटक विश्वकपमा छनोट हुन सकेन ।

दुवै टोली सेमिफाइनलमा पराजित हुँदै विश्वकपको होडबाट बाहिरिएका थिए । फेरि विश्वकप खेल्ने लक्ष्यका साथ ओमान पुगेको नेपाल यसपटक लक्ष्यमा सफल हुन सकेन ।

नेपाल र ओमानबीचको खेल अल अमेरातमा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । मंगलबार भएको सेमिफाइनलमा नेपाल यूएईसँग र ओमान आयरल्याण्डसँग पराजित भएको थियो ।

यूएई र आयरल्याण्ड भने क्वालिफायरको फाइनल पुग्दै अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हाने टी -२० विश्वकपका लागि छनोट भएका छन् ।आजै यी दुई टोलीबीच क्वालिफायरको उपाधिका लागि पनि प्रतिस्पर्धा हुनेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका