पाँच वटा रुसी विमान र हेलिकप्टर खसालेको युक्रेनकाे दाबी • Nepal's Trusted Digital Newspaperपाँच वटा रुसी विमान र हेलिकप्टर खसालेको युक्रेनकाे दाबी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पाँच वटा रुसी विमान र हेलिकप्टर खसालेको युक्रेनकाे दाबी

पाँच वटा रुसी विमान र हेलिकप्टर खसालेको युक्रेनकाे दाबी

  • समाचारपाटी
  • बिहिबार, फाल्गुन १२, २०७८
पाँच वटा रुसी विमान र हेलिकप्टर खसालेको  युक्रेनकाे दाबी

 काठमाडौं । युक्रेनले पाँच वटा रुसी विमान र हेलिकप्टर खसालेको दाबी गरेको छ । विद्रोही नियन्त्रित एन्क्लेभ नजिक पाँच वटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दाबी युक्रेनी सेनाले गरेको हो ।

‘संयुक्त सेना कमाण्डका अनुसार आज संयुक्त सेनाको अपरेशनको क्षेत्रमा आक्रमणकारीका पाँचवटा विमान र एउटा हेलिकप्टर खसालिएको छ,’ युक्रेनी सेनाका जनरल स्टाफले भन्नुभएकाे  छ ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार युक्रेनविरुद्ध रुसले सैन्य कारबाही शुरु गरेपछि देशमा मार्शलको घोषणा गर्नुभए काे छ ।

गृह मन्त्रालयका अनुसार राजधानीमा रहेको सैन्य डिपो र एयरफिल्डमा मिसाइल प्रहार भएको छ । देशको हवाई क्षेत्र बन्द गरिएको छ ।कीभमा बोरिस्पिल अन्तरर्राष्ट्रिय विमानस्थल र शहरका अन्य ठाउँहरूमा विस्फोटको आवाज सुनिएको सञ्चार माध्यमले जनाएका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका