तनहुँमा ३५ वर्षीया महिला बलात्कृत   • Nepal's Trusted Digital Newspaperतनहुँमा ३५ वर्षीया महिला बलात्कृत   • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • तनहुँमा ३५ वर्षीया महिला बलात्कृत  

तनहुँमा ३५ वर्षीया महिला बलात्कृत  

  • समाचारपाटी
  • बिहिबार, फाल्गुन १२, २०७८
तनहुँमा ३५ वर्षीया महिला बलात्कृत  

तनहुँमा ३५ वर्षीया महिला बलात्कृत भएकी छन् ।

ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले संखुवासभा चैनपुर नगरपालिका–२ महिम बस्ने ४० वर्षीय शिव न्यौपानेलाई बुधबार पक्राउ गरेको छ ।

पीडित महिला भानु नगरपालिका–२ बाह्रबिसेस्थित डुम्रे–वेशीसहर सडक खण्ड निर्माणको लागि बनाइएको लेवर क्याम्पमा बस्दै आएकी थिइन् ।

ती महिलालाई सोही लेवर क्याम्पका ठेकेदार न्यौपानेले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका