अवैध लागुऔषध गाँजा नियन्त्रणमा लिने क्रममा दोहोरो फायरिङ, एककाे मृत्यु • Nepal's Trusted Digital Newspaperअवैध लागुऔषध गाँजा नियन्त्रणमा लिने क्रममा दोहोरो फायरिङ, एककाे मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • अवैध लागुऔषध गाँजा नियन्त्रणमा लिने क्रममा दोहोरो फायरिङ, एककाे मृत्यु

अवैध लागुऔषध गाँजा नियन्त्रणमा लिने क्रममा दोहोरो फायरिङ, एककाे मृत्यु

  • समाचारपाटी
  • बिहिबार, फाल्गुन १२, २०७८
अवैध लागुऔषध गाँजा नियन्त्रणमा लिने क्रममा दोहोरो फायरिङ, एककाे मृत्यु

सिमरा । अवैध लागुऔषध गाँजा नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागी बाराको सिम्रौनगढमा एकजनाको मृत्यु भएको छ । घटनामा अर्का एकजना घाइते भएका छन् ।

नेपालबाट भारततर्फ गाँजा लैजादै गरेको सूचना पाएपछि सिम्रौनगढस्थित ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो। बुधबार रातीको समयमा गाँजा लिएर तस्करको समूह महुवानी आएपछि दोहोरो फायरिङ भएको हो ।

प्रहरीले नियन्त्रणमा लिन खोजेपछि उक्त समूहले गोली चलाएको र प्रहरीले जवाफी कारवाही गरेको प्रहरी प्रवक्ता राजेश थापाले बताउनुभयाे । प्रहरीमाथी गोली चलाएर भाग्न खोजेका उनीहरुमध्ये दुईजनालाई प्रहरीले घाइते अवस्थामा नियन्त्रणमा लिएको थियो ।

घाइतेमध्ये एकको उपचारका क्रममा मृत्यु भएको हो । मृतकको पहिचान भने खुलेको छैन् । घटनामा संलग्न भारत मोतिहारीका ४० वर्षीय हिरदेश गिरी प्रहरी नियन्त्रणमा छन् । उनीहरुको साथबाट प्रहरीले ७५ केजी गाँजा समेत बरामद गरेको छ ।

प्रवक्ता थापाका अनुसार ६७ जनाको समूहमा रहेका तस्करले पाँचवटा बोरामा हालेर गाँजा भारततर्फ लैजादै गरेका थिए । पूर्वसूचना पाएको प्रहरीले तस्करको समूहलाई नियन्त्रणमा लिन एम्बुसु थापेर बसेको थियो ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका