आज बजारमा सुनकाे मुल्य बढेर प्रतिताेला ९९ हजार पुग्याे • Nepal's Trusted Digital Newspaperआज बजारमा सुनकाे मुल्य बढेर प्रतिताेला ९९ हजार पुग्याे • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आज बजारमा सुनकाे मुल्य बढेर प्रतिताेला ९९ हजार पुग्याे

आज बजारमा सुनकाे मुल्य बढेर प्रतिताेला ९९ हजार पुग्याे

  • समाचारपाटी
  • बिहिबार, फाल्गुन १२, २०७८
आज बजारमा सुनकाे मुल्य बढेर प्रतिताेला ९९ हजार  पुग्याे

काठमाडौं  नेपाली सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला दुई हजार ५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ तोकिएको छ। बुधबार प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेको छ। आज प्रतितोला १ हजार ३५५ रुपैयाँमा खरिदबिक्री भइरकेको छ। अघिल्लो दिन एक हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।

रुस र युक्रेनबीचको तनावको समाचारले सुनको भाउ समेत एक वर्ष यताकै उच्च विन्दुमा पुगेको जनाइएको छ। दुई देशबीचको तनावले एसियाली सेयर बजारमा समेत प्रभाव पारेको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका