कैलालीबाट बाह्रबोर बन्दुक मोबाइलसहित ३ जना पक्राउ • Nepal's Trusted Digital Newspaperकैलालीबाट बाह्रबोर बन्दुक मोबाइलसहित ३ जना पक्राउ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कैलालीबाट बाह्रबोर बन्दुक मोबाइलसहित ३ जना पक्राउ

कैलालीबाट बाह्रबोर बन्दुक मोबाइलसहित ३ जना पक्राउ

  • समाचारपाटी
  • बिहिबार, फाल्गुन १२, २०७८
कैलालीबाट बाह्रबोर बन्दुक मोबाइलसहित ३ जना पक्राउ

काठमाडौं । कैलालीको कैलारी गाउँपालिकाबाट हतियारसहित तीन जनालाई  प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा कैलारी गाउँपालिका ३ का ५३ वर्षीय लौटन चौधरी, ३५ वर्षीय वीरेन्द्र चौधरी र २१ वर्षीय सन्तराम चौधरी रहेका छन् ।

सशस्त्र प्रहरी नायब निरीक्षक अमृत कठायत नेतृत्वको गस्ती टोलीले आज बिहान साढे ४ बजेतिर कैलारी गाउँपालिका ५ छोटीपलियाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट एक थान बाह्रबोर बन्दुक र बन्दुकमा प्रयोग हुने पाँच थान टोटारकार्टिज र तीन थान मोबाइल बरामद भएको सशस्त्र प्रहरी बलको ३४ नम्बर गणले जनाएको छ ।

से २ प ८९२ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा हतियारसहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका