लायन्स क्लव अफ चौतारीद्वारा बिद्यालयलाई शैक्षिक सामाग्री सहयोग • Nepal's Trusted Digital Newspaperलायन्स क्लव अफ चौतारीद्वारा बिद्यालयलाई शैक्षिक सामाग्री सहयोग • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • लायन्स क्लव अफ चौतारीद्वारा बिद्यालयलाई शैक्षिक सामाग्री सहयोग

लायन्स क्लव अफ चौतारीद्वारा बिद्यालयलाई शैक्षिक सामाग्री सहयोग

  • समाचारपाटी
  • शुक्रबार, फाल्गुन १३, २०७८
लायन्स क्लव अफ चौतारीद्वारा बिद्यालयलाई शैक्षिक सामाग्री सहयोग

प्रल्हाद चन्द्र घिमिरे, पोखरा, १३ फागुन । लाईन्स क्लव अफ पोखरा चौतारीले तनहुँको शुक्लागण्डकी – ४ मा रहेको अमरज्योति प्राथमीक विद्यालय खैरेनिटारका बिद्यार्थीलाई नगद, शैक्षिक सामाग्री तथा बिद्यालय पोसाक हस्तान्तरण गरेको छ । सो बिद्यालयमा आधारभुत तहदेखि कक्षा ५ सम्म अध्ययन गर्ने २२ जना छात्रछात्रा रहेका छन् ।

laynsविद्यालयमा ४ शिक्षक र एक जना कार्यालय सहयोगी कार्यरत रहेकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम पौडेलले वताउनुभयो । विद्यालयमा कार्यरत शिक्षक मध्ये २ जना सरकारी दरवन्दी अन्य निजी  स्राेतबाट राखिएकाले बिद्यालयलाई आथिक कठीनाई भएको अध्यक्ष  पौडेलकाे भनाइ रहेकाे छ । क्लवबाट हस्तान्तरण गरिएको ५० हजार नगद तलव भत्तामा खर्च गरिने बिद्यायलका प्र.अ कमला राना थापाले बताउनुभयो । शहरको नजिक भएकाले बिद्यार्थीको संख्या न्युन रहेको बताइएकाे छ ।

कार्यक्रममा लायन्सका डिस्ट्रीक चिफ एडमिनीस्टेटर चण्डीप्रसाद अर्यालले सरकारी बिद्यालयमा बिद्यार्थीको अभावले सरकारको लगानी बालुवामा पानी भएकाले गुणस्तरीय शिक्षाका लागी जोड दिनुपर्ने बताउनु भयो । कार्यक्रममा को चिफ एडभाईजर मोहनबाबु खडकाले बिद्यार्थी संख्या र शैक्षिक गुणस्तरमा जोड दिनुपर्ने बताउनुभयो ।

संस्थाका अध्यक्ष सरद कुमार सापकोटा, कार्यक्रम संयोजक प्रजापति बास्तोला, चियर प्रसन बुद्धिबहादुर थापा, डिस्ट्रिक सिनियर एडभाईजर तेज बहादुर भट्टराई, सचिव रामचन्द अधिकारी, कलस्टर प्रमुख सन्तोष घिमिरे लगायतले गुणस्तरिय शिक्षाको बारेमा बोल्नुभएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका