राप्रपा नेपालको साँस्कृतिक मञ्च गठन • Nepal's Trusted Digital Newspaperराप्रपा नेपालको साँस्कृतिक मञ्च गठन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राप्रपा नेपालको साँस्कृतिक मञ्च गठन

राप्रपा नेपालको साँस्कृतिक मञ्च गठन

  • समाचारपाटी
  • बिहिबार, फाल्गुन १२, २०७८
राप्रपा नेपालको साँस्कृतिक मञ्च गठन

काठमाडौं । राप्रपा नेपालको भातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक साँस्कृतिक मञ्च बुधबार गठन भएको छ । राज सागरको अध्यक्षतामा गठित ३१ सदस्यिय साँस्कृतिक मञ्चको उपाध्यक्षमा समिरा तामाङ, ओम प्रकाश चौधरी,महामन्त्रीमा कृष्ण बहादुर भण्डारी, सुरेश नेपाल, राजु नापीत, सह महामन्त्रीमा राजु भारती, कृष्ण बहादुर भट्टराई, सहायक महामन्त्रीमा इन्दु खत्री, बाबु साहेब वलामी रहनुभएको छ ।

नवगठित साँस्कृतिक मञ्चको बुधबार सम्पन्न पहिलो बैठकले लोकप्रीय गायक जयनन्द लामाको असामयिक निधनले नेपाली कला र संगीतको क्षेत्रमा अपुरणीय क्षती पुगेको भन्दै गहिरो दुःख व्यक्त गरेको छ । बैठकले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका